कर्णाली प्रदेशको सभामुखको लागि उम्मेदवारी दिने समय आज « Khabarhub

कर्णाली प्रदेशको सभामुखको लागि उम्मेदवारी दिने समय आज


३० पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेशमा आज सभामुख छनोटका लागि उम्मेदवारी दर्ता गर्ने समय आज रहेको रहेको छ। बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय छुट्याएको छ।

बेलुकी ५ : १५ बजे उम्मेदवारको नामावली प्रकाशन र ५ : ३० बजेसम्म उम्मेदवारको प्रस्ताव उपर दाबी विरोधको समय तोकिएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ।

आइतबार बिहान १० बजे उम्मेदवारको प्रस्ताव फिर्ता सम्बन्धी समय रहेको छ भने  १० : ३० बजे अन्तिम नामावली प्रकाशनका साथै ११ बजेबाट सभाको बैठक प्रारम्भ, मत विभाजनको समय निर्धारण गरिएको छ। त्यस्तै त्यसपछि निर्वाचन परिणाम घोषणा हुने प्रदेश सभा सचिवालयले जनाएको छ।

सभामुखका लागि क कसको दाबी ?
सत्ता गठबन्धन भित्र रहेको माओवादीले मुख्यमन्त्री पाएपछि नेकपा एमालेको भागमा सभामुख परेको छ। तर यो समाचार तयार पर्दा सम्मा समामुखको विषयमा अन्तिम टुंगो लागेको छैन। सभामुखका आंकाक्षीका रुपमा सुर्खेतकी नन्दा गुरुङ, हुम्लाका कलबहादुर रोकाय र मुगुका जीतबहादुर मल्लको नाम अहिले सतहमा आएको छ। सभामुखको टुङ्गो लगाउने विषयमा सम्पूर्ण अधिकार दल नेता यामलाल कँडेललाई दिएको छ।

कांग्रेसले पनि उम्मेदवारी दर्ता गर्ने
नेपाली कांग्रेसले प्रदेश सभामुखमा उम्मेदवारी दर्ता गर्ने तयारी गरिरहेको छ। कांग्रेसबाट सुर्खेत १ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य खड्क पोखरेललाई सभामुखका लागि अघि सार्ने विषयमा आन्तरिक छलफल भइरहेको स्रोतले बताएको छ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  १२ : ०७ बजे

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।