छाडा चौपायाबाट बाली जोगाउनै मुस्किल « Khabarhub

छाडा चौपायाबाट बाली जोगाउनै मुस्किल


३० पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी– कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का सरस्वती भट्टको पाँच कट्ठा खेतमा लगाएको गहुँ बाली छाडाचौपायाले सखाप पारिदियो । खेतमा मात्रै होइन छाडा चौपाया उनको बारीमै पसेर तरकारी खेतीसमेत नोक्सान गरिदियो । ‘खेतमा तारबार गरेकी छु, तर बार तोडेर गहुँ सखाप पारिदियो’, उनले भने, ‘छाडाचौपायाका कारण बाली जोगाउनै मुस्किल भयो ।’ भट्टले छाडा चौपाया घरभित्रै पसेर नोक्सानी गर्न थालेको बताए । पछिल्लो समय छाडा पशुचौपायाको विकराल समस्या बनेको छ । स्थानीय सरकारले लाखौँ रकम छाडा चौपाया व्यवस्थापनमा खर्च गरे पनि दिगो व्यवस्थापन नहुँदा एकातर्फ किसानको खेतमा नोक्सानी पुग्ने गरेको छ भने अर्कोतर्फ सडक दुर्घटनाको जोखिम पनि उत्तिकै छ ।

शुक्रबार छाडा चौपायाबाट हैरानी खेपेका स्थानीयले सडकका चौपाया एकत्रित गरेर भीमदत्त नगरपालिका परिसरमा पुर्‍याएका थिए । व्यवस्थापन चुनावी ऐजेन्डा बनाएका जनप्रतिनिधिले निर्वाचित भएको छ महिना बितिसक्दासमेत समस्या समाधान नगरेको भन्दै आक्रोशित भएका स्थानीयले नगरपालिकामा छाडा चौपाया ल्याएर छोडेका थिए ।

नगरपालिकाको प्रवेशद्वारभित्र छाडा चौपाया हुल्न खोजेपछि रोक्न खोज्दा आक्रोशित स्थानीय र प्रहरीबीच केहीबेर धकेलाधकेलसमेत भयो । स्थानीय कृष्णदत्त जोशीले नगरपालिकाले छाडा चौपाया व्यवस्थापन गर्न नसक्दा किसानको अन्नबाली नष्ट भएको बताए। 

‘अहिलेसम्म नगरपालिकाले छाडा चौपायाको व्यवस्थापन गर्न सकेको छैन, बाली खाएर सखाप पारेको छ’, उनले भने, ‘नगरपालिकाले व्यवस्थापन नगर्दा किसान मारमा परेका छन् ।’ निर्वाचनका बेला छाडा चौपाया व्यवस्थापन गर्छु भनेर मत मागेका जनप्रतिनिधिले वाचा पूरा नगरेको उनको आरोप छ ।

भीमदत्त नगरपालिकाका नगर प्रवक्ता महेन्द्र खड्काले छाडा चौपाया व्यवस्थापनका लागि काम अगाडि बढाएको बताए । ‘छाडा चौपाया व्यवस्थापनका लागि समिति बनाएर काम गर्दैछौँ, कुन ठाउँमा राख्न सकिन्छ भनेर जग्गा खोज्ने काम भइरहेको छ’, उनले भने, ‘जग्गा प्राप्तीपछि छिट्टै व्यवस्थापनमा लाग्छौँ ।’ 

छाडा चौपायाले जिल्लाभर किसानले लगाएको अन्नबाली नोक्सानी गर्ने गरेका छन् । यसअघि बेदकोट नगरपालिकामा पनि छाडा चौपाया व्यवस्थापन नगरेको भन्दै स्थानीयले आन्दोलन गरेका थिए ।    

 

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  १२ : ५२ बजे

जटिल बन्दै त्रिशूली थ्री ‘ए’मा उद्धार : स्काभेटर समाचारमा मात्रै चले

काठमाडौँ- रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि माथिल्लो त्रिशूली

भोटेकोशी बाढीबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै

काठमाडौँ– भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र

आईफोनको पारिवारिक कलह ? महाराष्ट्रमा तीन जनाको मृत्यु प्रकरणमा नयाँ रहस्य

भारतको महाराष्ट्रमा एउटै परिवारका तीन जनाको मृत्यु भएको घटनाले नयाँ

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

काठमाडौँ– विनाशकारी बाढीबाट विस्थापित भएका महिला तथा किशोरीको स्वास्थ्य सुरक्षालाई

अमेरिकाको चेतावनी : नेपालमा अचानक प्रदर्शन हुन सक्छ, सचेत रहनू

काठमाडाैँ– अमेरिकी विदेश मन्त्रालयले नेपालमा यात्रा गर्ने आफ्ना नागरिकलाई विशेष