‘विधानअनुसार पदाधिकारीसहित भ्रातृ संस्था गठन गरिनुपर्छ’ « Khabarhub

‘विधानअनुसार पदाधिकारीसहित भ्रातृ संस्था गठन गरिनुपर्छ’


३० पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीका भ्रातृ तथा शुभेच्छुक संलग्नहरूलाई पदाधिकारीबिना समिति बनाएर बाहिर ल्याउने खतरा रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । नयाँ बानेश्वरमा शनिबार आयोजित कार्यक्रममा नेवि संघका पूर्वअध्यक्षसमेत रहेका महरले पदाधिकारी विनाको समिति निर्माण गर्नु  विधान विपरित हुने बताए।

‘पार्टीमा नेताहरूलाई सबै पद चाहिने तर नेवि संघ, तरुण दल र महिला संघ जस्ता भ्रातृ संस्थामा अरुका लागि पद चाहिन्न भन्ने कुरा हुँदैन । यसले पार्टीलाई राम्रो गर्दैन । हिजो भ्रातृ र शुभेच्छुक संस्था अपडेट नभएकै कारण चुनावमा हामीले करिव सात लाख मत कम पाएका छौं,’ उनले भने । जनता र पार्टीका बीचमा सम्बन्ध स्थापित गर्न भ्रातृ संस्थाहरूको भूमिका ठूलो हुने उनी बताउँछन् ।

‘सबै समिति अपडेट भएका भए पार्टीका मुद्दा जनतामाझ वकालत गर्थ्यो। जनताका कुरा पार्टीलाई भन्थ्यो । यसले जनता र पार्टीबीचको दूरी घट्न ठूलो मद्दत पुग्थ्यो । हामी त्यही अनुसारको नीति बनाएर अघि बढ्थ्यौं। यस पटक भ्रातृ संस्था अपडेट नभएकै कारण पनि हामीले ठूलो क्षति व्यहोरेका छौं,’ उनले भने । ‘१० वर्षसम्म पनि पार्टीका भ्रातृ संस्थाको महाधिवेशन हुन नसक्नु दुखद भएको उनको तर्क छ । 

पदाधिकारीसमेत नबनाएर पार्टीको ठूलो शक्तिलाई बहिर्गमन गर्ने कुरा जीवन्त पार्टीका लागि राम्रो नहुने उनको प्रस्टोक्ति छ। ‘पार्टीका पदाधिकारीहरूले प्लेन कमिटी ल्याउने विषयमा सहमति गरेको भन्ने सुनिएको छ। यसको खिलापमा दसौं हजार जिम्मेवारी नपाएका साथीहरू छन् । यो १० वर्षमा दुई वर्षमै डेड दुई सयको समिति बनेको भए प्रत्येक वर्ष हजारभन्दा बढी साथीहरूले जिम्मेवारी पाएर प्रशिक्षित भई नेतृत्व तहमा पुगिसक्थे,’ नेता महर भन्छन् ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  १ : ३९ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको