अभूतपूर्व विश्वासको मतले उर्जा र गौरवबोध भएको छ : प्रधानमन्त्री « Khabarhub

अभूतपूर्व विश्वासको मतले उर्जा र गौरवबोध भएको छ : प्रधानमन्त्री


३० पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा बसेको प्रतिनिधिसभा बैठकले आफूलाई अभूतपूर्व विश्वासको मत दिएको बताएका छन् । कम्युनिस्ट आन्दोलनका पुराना नेता, माओवादीको जेष्ठ नागरिक सल्लाहकार मञ्चका केन्द्रीय सदस्य भुवनप्रसाद श्रेष्ठद्वारा लिखित ‘कम्युनिस्ट आन्दोलनका प्रेरक भुवन दाइ’ पुस्तकको लोकार्पण गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । 

प्रधानमन्त्रीले भने, ‘सिंगो सदन नै विश्वासको मत दिने अवस्थामा आयो । यो नेपाली राजनीतिमा असाधारण परिघटना भयो । करिब राष्ट्रिय सहमति नै भयो । यो मेरा लागि गौरवको विषय हो, चुनौती पनि हो । मैले त्यही ठानेको छु । सिंगो देशलाई एकतावद्ध भएर जाने वातावरण बनेको छ, देश एकतावद्ध भएर जान्छ ।’

पुस्तकमाथि चर्चा गर्दै प्रधानमन्त्रीले पुस्तक विमोचन गर्न पाउँदा गौरवको अनुभूति भएको बताए । उनले ४६ वर्ष पहिले भीमोदय माविमा फर्किएजस्तो अनुभूति भएको र पुराना शिक्षक साथीहरू र विद्यार्थी पनि देख्दा छुट्टै आत्मियताको महसुस गरेको बताए ।  ‘अहिले ४६ वर्षपछि गोरखाबाटै निर्वाचित भएर प्रधानमन्त्रीमा भएको छु,’ उनले भने, ‘बुढीगण्डकी जलविद्युत आयोजना, आरूघाट, बेनीघाट लार्के सडक, पर्यटनको विकास मेरो प्राथमिकतामा छ । म त्यहीँको जनप्रतिनिधि हुँ, मेरो जिम्मेवारी बढेको छ ।’

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ४ : ११ बजे

विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन

काठमाडौं – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै