पर्वतका शीत भण्डार उपयोगविहीन  « Khabarhub

पर्वतका शीत भण्डार उपयोगविहीन 


३० पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कुश्मा– पर्वतका विभिन्न ठाउँमा निर्माण गरिएका शीत भण्डार कृषकका लागि उपयोगी बन्न सकेका छैनन् । राज्यको विभिन्न तहबाट लाखौँ रुपैयाँ खर्चेर निर्माण गरिएका शीत भण्डार हाल प्रयोगविहीन अवस्थामा छन् । 

भौतिक संरचना निर्माण गर्न जति हतार, उत्साह र हानथाप हुने गर्दछ, सोहीअनुसार बनिसकेपछि तिनको व्यवस्थापकीय पक्षमा ध्यान दिन नसक्दा शीत भण्डार प्रयोगमा समस्या आएको हो । ‘शीत भण्डार सञ्चालनमा यथोचित ध्यान नदिँदा अपेक्षित लाभ लिन सकिएको छैन’, कृषि ज्ञानकेन्द्रका प्रमुख मनिता थापाले भने, ‘राज्यले भौतिक संरचनाका लागि मात्र बजेट विनियोजन गर्नुभन्दा निर्माणपश्चात्काे जटिलता, प्राविधिक ज्ञान, सहुलियत विद्युत्लगायतको पक्षमा ध्यान दिनुपर्छ ।’

शीत भण्डार निर्माण गरे पनि कृषकले ठेक्कामै आफ्ना उत्पादन बेच्ने परिपाटी विकसित हुँदै गएको छ । ‘कृषिउपज टिप्ने, संकलन गर्ने तथा भण्डारण गर्नेबारे ज्ञान कृषकमा नदेखिएको हुँदा उत्पादन भण्डारण गर्न समस्या भएको छ’, थापाले भने।

कृषि ज्ञानकेन्द्रका अनुसार हाल जिल्लाभित्र विभिन्न प्रकृति र उद्देश्यका आठवटा शीत भण्डार छन् । जिल्लामा हाल शीत भण्डारको क्षमता करिब ६४.५ मेट्रिकटनको रहेको छ । 

तीमध्ये १० टन क्षमताका भोक्सिङ, शालिजाबनौँमा रहेका शीत भण्डारमा आलु भण्डारण गरिँदै आएको छ । बाँसखर्कस्थित शीत भण्डार र कुर्घाका दुइ शीत भण्डारमा सिजनअनुसार सुन्तला र आलु भण्डारण गर्ने गरिएको छ । पाँच वर्षअघि कुश्मामा निर्माण गरिएको शीत भण्डारमा आलु भण्डारण सफलरुपमा हुँदै आएको छ । त्यहाँको शीत भण्डारमा विगत चार वर्षसम्म प्राविधिक ज्ञानको अभावका कारण केही कृषिउपज कुहिएर गएका थिए । पछिल्लो समय आलु भण्डारण सफल भएको सञ्चालक राजबाबु पिसीले बताए । 

पैयुँ-४ हातेमालो चोकमा निर्माण गरिएको शीत भण्डार हालसम्म सञ्चालनमा आउन सकेको छैन । यहाँको शीत भण्डार निर्माणका लागि कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकरणको प्रवर्द्धन केन्द्र, ललितपुरको रु ११ लाख र पैँयु गाउँपालिकाको ११ लाख लगानी रहेको छ । विद्युत् जडानको समस्याले हालसम्म शीत भण्डार सञ्चालनमा आउन नसकेको पैँयु कृषि शाखाका नायब प्राविधिक सहायक सन्दीप तिवारीले बताए । मोदी गाउँपालिकाको पातिचौरमा शीत भण्डार निर्माणाधीन अवस्थामा छ ।  

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ४ : ३५ बजे

बाढी प्रभावितका लागि प्रभु बैंकको २ करोड ११ लाख रुपैयाँ सहयोग

काठमाडौं– प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

म्याक्रोनको बेलायत भ्रमण, ब्रेक्सिटपछि सम्बन्ध सुदृढ बनाउने प्रयास

लन्डन – फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले ब्रेक्सिटपछि बेलायत र युरोपेली सङ्घ

रसुवा बाढीबारे संसद्‌मा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभा बैठकमा राष्ट्रका नाममा सम्बोधन

नेपालले जलवायु परिवर्तनको क्षतिपूर्ति पाउनुपर्छ : जगदीश खरेल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले जलवायु परिवर्तनका कारण

रसुवा बाढीका बेपत्ताको पहिचानका लागि डीएनए नमुना संकलन (तस्बिरहरू)

काठमाडौं– रसुवा बाढीमा बेपत्ता भएकाहरूको पहिचानका लागि महाराजगञ्जस्थित नेपाल प्रहरी