वडाबाटै राष्ट्रिय परिचयपत्रको विवरण संकलन गरिने | Khabarhub Khabarhub

वडाबाटै राष्ट्रिय परिचयपत्रको विवरण संकलन गरिने


३० पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

लमजुङ– जिल्ला प्रशासन कार्यालय लमजुङले माघको पहिलो सातादेखि राष्ट्रिय परिचयपत्रका लागि वडाबाटै विवरण संकलन गर्ने भएको छ ।हाल जिल्ला प्रशासन कार्यालयबाट मात्रै व्यक्तिको विवरण संकलन हुँदै आएकोमा अब प्रत्येक स्थानीय तहमा वडास्तरीय घुम्ती शिविर गरी राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गरिने भएको हो ।

लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले जिल्लाको आठ स्थानीय तहबाट अभियान सुरु गरी तीन महिनाभित्र अभियान सम्पन्न गर्ने लक्ष्य रहेको बताए । हाल जिल्ला प्रशासनमा विवरण संकलन गर्दा तत्कालै परिचयपत्र नम्बर उपलब्ध हुने भए पनि अभियानका क्रममा भने विवरण प्रविष्ट गरेको १५ दिनपछि मात्रै नम्बर उपलब्ध हुने भएको छ । 

हाल जिल्ला प्रशासन कार्यालयबाट दुई स्टेसनबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण लिने काम भइरहेको छ । विवरण संकलनका लागि नेपाली नागरिकता अनिवार्य भएको र त्यसको विकल्पमा राहदानी वा शैक्षिक प्रमाणपत्र पनि पेस गर्न सकिने प्रशासनले जनाएको छ । 

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ४ : ३९ बजे

अफवाह चिर्नका लागि टोल टोलमा संगठनको आवश्यक छ : उपसभापति वाग्ले

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले टोल टोलमा,

अनधिकृत हिसाबका सम्झौता भए रास्वपा सरकारबाट बाहिर आउँछ : मन्त्री श्रेष्ठ

काठमाडौं– युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले आफूहरू दुई धारे

संस्कृतिलाई जोड्दै कास्कीको गुरुङ सम्पदा पदमार्ग

गण्डकी– व्यवसायी सङ्घ गण्डकी प्रदेशले गुरुङ समुदायका प्राचीन बस्तीलाई समेट्दै गुरुङ

पशुपन्छीमाथिको ज्यादति रोक्न अन्तर्राष्ट्रिय मापदण्ड अवलम्बन गर्नुपर्छ : एनिमल नेपाल

काठमाडौं-पशुपन्छीमाथिको ज्यादती थेगिनसक्नुसँग बढेको भन्दै यससम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड अवलम्बन गर्नुपर्ने

संविधानले सबै समुदायको उत्थानमा जोड दिएको छ : मुख्यमन्त्री महरा

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको