इरानमा बेलायतका लागि जासुसी गरेको अभियोगमा पूर्वमन्त्रीलाई फाँसी « Khabarhub

इरानमा बेलायतका लागि जासुसी गरेको अभियोगमा पूर्वमन्त्रीलाई फाँसी


३० पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इरानले एक जना पूर्वमन्त्रीलाई फाँसी दिएको छ । इरानले रक्षा मन्त्रालयमा काम गरेका पूर्व उपमन्त्री अलीरेजा अकबरीलाई बेलायतका लागि जासुसी गरेको अभियोगमा मृत्युदण्ड दिइएको बताएको हो ।

राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय रूपमा मृत्युदण्डको विरोध भए पनि इरानले उनलाई मृत्युदण्ड दिएको हो ।

इरान र बेलायतको दोहोरो नागरिकता लिएका भूतपूर्व रक्षा उपमन्त्री अलीरेजा अकबरीलाई बेलायतको गुप्तचर संस्था एमआई–६ का निम्ति जासुसी गरेकाले हालै फाँसी दिइएको बताइएको छ ।

गत बुधबार अकबरीको परिवारलाई उनलाई भेट्न कारागारमा जान भनिएको तथा उनकी श्रीमतीले एकान्त कारागारमा आफ्ना पतिलाई सारिएको बताएकी थिइन् ।

अकबरीलाई तीन वर्षअघि पक्राउ गरिएको थियो । जासुसीको आरोपमा उनलाई दोषी ठहर गरिएको थियो । तर जासुसी गरेको भन्ने सबै आरोपको उनले अस्वीकार गदैै आएका थिए ।

बेलायतले इरानलाई मृत्युदण्ड रोक्न तथा उनलाई तत्काल रिहा गर्न आग्रह गरेको थियो । बेलायतका विदेशमन्त्री जेम्स क्लिभरलीले मृत्युदण्डको सजाय मानव जीवनलाई पूर्णरूपमा बेवास्ता गर्ने बर्बर शासनद्वारा राजनीतिक रूपमा प्रेरित काम भएको टिप्पणी गरेका छन् ।

अमेरिकाले पनि इरानको उक्त कदमको आलोचना गरेको छ । अकबरीमाथि लगाइएको आरोप र मृत्युदण्डको सजायलाई ‘राजनीतिक रूपमा प्रेरित कदम’ भन्दै हिरासतमा यातना दिएर आरोप स्वीकार गर्न बाध्य पारिएका खबरले चिन्तित तुल्याएको बताएको छ ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ६ : १५ बजे

मन्त्रीले सुनाइन् बजारमा ग्यासको हाहाकार टार्न सरकारले आफैँ उद्योग खोल्ने योजना

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले ग्यास उद्योगको

ओलीलाई सांसद यादवको चेतावनी, ‘बालुवाटारबाट बार्दलीमा पुगेकाले जनमतको मानमर्दन नगरून्’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुरुषोत्तम यादवले जेन-जी आन्दोलनबाट

आधुनिकताका बीचमा नेपाली मौलिक ‘घुमाउने घर’ हराउँदै

लमजुङ– केही दशकअघिसम्म लमजुङका ग्रामीण बस्तीमा पुग्दा ढुङ्गा, माटो, काठ

प्रधानमन्त्री राहत कोषमा १२ अर्ब जम्मा भयो

काठमाडौं– प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ

सुनसरीमा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सुनसरी- सुनसरीमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा रेडियो नेपालका प्राविधिक अधिकृतसहित दुई जनाको मृत्यु भएको