सफाइ अभियान चलेपनि बागमती नदीमा फोहर फाल्न रोकिएन « Khabarhub

सफाइ अभियान चलेपनि बागमती नदीमा फोहर फाल्न रोकिएन


३० पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लामो समयदेखि सफाइ अभियान सञ्चालन गरेपनि बागमती नदीमा फोहर फाल्न रोकिएको छैन । अभियानकर्मी किशोरसिंह शाहीले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले निर्माण गरेको भकारी एवं चौरमा बसी गुह्यश्वरी मन्दिर अगाडि गौरीघाट नजिकैको नदी किनारमा फोहोर फाल्ने काम नियमित भएको बताए ।

उनका अनुसार अझैपनि बागमती नदीमा मोटरका पार्टपूर्जा, बियरका क्यान, मोटर साइकलका टायर, घरबाट निस्किने फोहर फाल्ने गरिएको पाइएको छ । सफाइको मुख्य जिम्मेवार स्थानीय सरकारको भएपनि काठमाडौँ महानगरपालिकालगायत काठमाडौँ उपत्यकाका अन्य नगरपालिकाले काम गर्न सकेका छैनन् ।

स्थानीय सरकारले फोहर फाल्नेलाई दण्ड जरिवाना नगरेसम्म नदी सफाइ अभियान सफल नहुने उनको अनुभव छ । बागमती सफाइ महाअभियानले विसं २०७० जेठ ५ मा सफाइ सुरु गरे पनि तीन वटै तहका सरकारले प्रभावकारी रुपमा काम नगर्दा अभियानकर्मीले दुःख प्रकट गरेका छन् ।

बागमती सफाइ अभियानको ५०५औँ हप्तामा आज गौरीघाट नजिकै अधिकार सम्पन्न बागमती समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, अधिकार सम्पन्न बागमती समितिका कर्मचारी, तिलगङ्गा महिला समूह एवं बागमती अभियानकर्मीले सफाइ गरी एक दशमलव पाँच मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन गरेका छन् ।

सफाइ अभियानबाट उठाइएको फोहर काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकुको ट्रकमा हालेर व्यवस्थापन गरिएको छ । अर्को शनिबार आगामी माघ ७ गते पनि गौरीघाट क्षेत्रमै सफाइ गरिने जनाइएको छ । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ प्रत्येक हप्ताको शनिबार बिहान ७ः३० बजेदेखि ९ः३० बजेसम्म दुई घण्टा नदी सफाइ हुँदै आएको छ ।

विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको बागमती सफाइ महाअभियानले यसका सहायक नदी सफाइ गर्नसमेत जागरुक बनाएको छ । काठमाडौँ उपत्यकामा बागमतीका सहायक नदीसँगै चक्रपथका विभिन्न क्षेत्रमा गरी २० स्थानमा सफाइ भइरहेको छ ।

यसैगरी उपत्यका बाहिर मुख्य सहर, नदी र सांस्कृतिक सम्पदास्थलमा पनि सफाइ भइरहेको छ । उपत्यका र बाहिर गरी हाल १०७ स्थानमा सफाइ भइरहेको जनाइएको छ । बागमती सफाइ महाअभियान सुरु भएदेखि प्रत्येक हप्ता शनिबार निरन्तर जारी छ । जाडो, गर्मी, वर्षा, चाडपर्व, भूकम्प, नाकाबन्दी कोरोना महामारीजस्ता प्रतिकूल अवस्थामा पनि सफाइ निरन्तर छ ।

हप्तामा दुई घण्टा देशसेवाका लागि स्वयंसेवा भन्ने नाराका साथ अभियानकर्मी नदी किनारमा उत्रने गरेका छन् । काठमाडौँ उपत्यकामा बागमती नदीका सबै सहायक नदीमा सफाइ अभियान सुरु भइसकेको छ । अभियानलाई स्थानीय सरकारले साथ नदिँदा भने प्रभावकारिता बढ्न सकेको छैन ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ६ : ४४ बजे

टीकापुरमा भूमिपूजाको रौनक

टीकापुर– मगर जातिको संस्कृतिसँग जोडिएको भूमिदेवताको पूजा गर्ने भूमिपर्व सुरुआत

विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी

लस एन्जलस – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को

नेपालगञ्ज भन्सार : राजस्व सङ्कलनमा वृद्धि

बाँके– भारतबाट नेपाल भित्रिने सामानमा अनिवार्य भन्सार शुल्क लगाएपछि नेपालगञ्ज

अर्थसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको विभिन्न पाँचवटा समितिको बैठक आज

परराष्ट्रमन्त्री खनाल र चिनियाँ समकक्षी वाङबीच वार्ता: नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता

काठमाडौँ – चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल