प्रदेश-१ का उपसभामुख दनुवारद्वारा सपथ ग्रहण « Khabarhub

प्रदेश-१ का उपसभामुख दनुवारद्वारा सपथ ग्रहण


३० पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

मोरङ– प्रदेश नं १ का सभामुख बाबुराम गौतमले प्रदेश प्रमुखको कार्यालय विराटनगरमा नवनिर्वाचित उपसभामुख सिर्जना दनुवारलाई आज सपथ गराएका छन् ।

सभामुख गौतमले नेपालको संविधानको धारा १८२ को उपधारा (१) तथा प्रदेश नंं १ को नियमावली २०७४ (पहिलो संशोधन समेत) को नियम ९ बमोजिम उपसभामुख पदमा बहुमतबाट निर्वाचित भएकी दनुवारलाई सोही नियमावलीअनुसार पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।

प्रदेश नं १ प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रदेश मन्त्रिपरिषद्का सदस्य, निवर्तमान मुख्यमन्त्री राजेन्द्रकुमार राई र प्रदेशसभाका सदस्यको सपथ ग्रहण समारोहमा उपस्थिति रहेको थियो ।

उपसभामुख दनुवारले आजै पदभार ग्रहण गरेका छन् ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ६ : ५२ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना