कर्णाली प्रदेश : सभामुखमा दुई जनाको उम्मेदवारी « Khabarhub

कर्णाली प्रदेश : सभामुखमा दुई जनाको उम्मेदवारी


३० पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेशको सभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ । सत्तारूढ दलका साझा उम्मेदवार नेकपा (एमाले)का प्रदेशसभा सदस्य नन्दा गुरुङको उम्मेदवारी परेको छ ।

त्यसैगरी नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्य खड्ग पोखरेलले सभामुखमा उम्मेदवारी दर्ता गराएका छन् । एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलको प्रस्ताव तथा नेकपा (माओवादी केन्द्र) प्रदेशसभा दलका नेता एवं मुख्यमन्त्री राजकुमार शर्माको समर्थनमा गुरुङको उम्मेदवारी दर्ता भएको हो ।

त्यस्तै कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्यद्वय पूर्णबहादुर खत्रीको प्रस्ताव र विजया बुढाको समर्थनमा पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । सभामुखको निर्वाचन माघ १ गते बिहान ११ः०० बजे तोकिएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।

उक्त निर्वाचनमा भाग लिनका लागि एमालेका उम्मेदवार गुरुङको पक्षमा २५ जना प्रदेशसभा सदस्य छन् । माओवादीका १३, एमालेका १०, राप्रपा र समाजवादीको एक–एक मत रहेको छ । कांग्रेस उम्मेदवार पोखरेलको पक्षमा १४ मत रहेको छ भने एक स्वतन्त्र प्रदेशसभा सदस्यको मत छ । पोखरेल सुर्खेत क्षेत्र नं १ ९१०बाट प्रत्यक्ष र गुरुङ समानुपातिक कोटाबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ८ : ३७ बजे

आज २०८३ साल असोज २८ गते बुधबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २८ गते बुधबार सन् २०२६ अक्टोबर

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक