सुत्केरीको हवाई उद्धार « Khabarhub

सुत्केरीको हवाई उद्धार


३० पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कालीकोटमा एक सुत्केरीको हवाई उद्धार गरिएको छ । स्थानीय स्वास्थ्यचौकीमा अत्यधिक रक्तस्राव भएपछि उहाँलाई हवाई उद्धार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको हो ।

रास्कोट नगर अस्पतालमा सुत्केरी हुनुभएकी रास्कोट नगरपालिका–८ वाहरकोटकी १७ वर्षीया सङ्गीता लुवारलाई हवाई उद्धार गरिएको हो । नगर अस्पतालमा सुत्केरी हुनुभएकी लुवारको अत्यधिक रक्तस्राव भएपछि हवाई उद्धार गरिएको नगरपालिका प्रमुख धर्मराज शाहीले जानकारी दिए ।

“अस्पतालमा शिशु जन्माएपछि अत्यधिक रक्तस्रावका कारण आमा र नवजात शिशुको हेलिकोप्टरमार्फत उद्धार गरेर प्रदेश अस्पताल लगिएको छ”, उनले भने, “अहिले अस्पतालमा आमा र शिशुको उपचार भइरहेको छ । दुवैको अवस्था खतरामुक्त रहेको खबर पाएका छौँ ।”

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार गरिएको नगरप्रमुख शाहीले जानकारी दिए । “नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो”, उनले भने, “राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उद्धार भएकाले उद्धारका लागि लागेको खर्च सबै सरकारले नै बेहोर्ने छ ।”

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ९ : ३५ बजे

‘ऊर्जा र व्यापारमा लगानी गर्न भारतका उद्योगी तथा व्यवसायीलाई आग्रह’

नयाँ दिल्ली – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतबीचको

आजको मौसम : कुन प्रदेशमा कस्तो हुनेछ? 

काठमाडौँ – हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं –  नेपाल राष्ट्र बैंकले आज जेठ १९ गते शुक्रबारका

शुक्रबार, शुक्र, सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्नुहोस्

काठमाडौं – हिन्दु धर्मशास्त्र अनुसार प्रत्येक दिनको महत्व फरक छ।

आज २०८० साल जेठ १९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल जेठ १९ गते शुक्रबार। ज्योतिष