मिटरजडित ट्याक्सीमा स्वचालित भाडा लागू गर्नुपर्ने माग « Khabarhub

मिटरजडित ट्याक्सीमा स्वचालित भाडा लागू गर्नुपर्ने माग


३० पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं- नेपाल मिटर ट्याक्सी व्यवसायी चालक समाजले आफ्ना १६ बुँदे माग सार्वजनिक गरेको छ । समाजले आफूहरूको व्यवसाय र लगानीको सुरक्षा नभएको भन्दै माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

आज यहाँ पत्रकार सम्मेलन गर्दै चालक समाजले राज्यले ट्याक्सी व्यवसायीलाई बन्धक बनाएको भन्दै १६ बुँदे माग सार्वजनिक गरेको हो । मिटर जडित ट्याक्सीमा स्वचालित भाडा लागू गर्नुपर्ने चालक समाजले माग अघि सारेको छ ।

एकद्वार कर प्रणाली लागू गर्नपर्नेमा जोड दिँदै महानगर वा सरकारले एप बनाएर ट्याक्सी सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्ने उनीहरूको भनाइ छ ।

चालक समाजले पेशा व्यवसायका क्रममा विभिन्न मितिमा हत्या गरिएका र कुटपिट गरी घाइते बनाइएका ट्याक्सी व्यवसायीको न्यायका लागि सरकारले पहल गर्नुपर्नेमा जोड दिएको छ । चालकले लगाउनुपर्ने पहेँलो ज्याकेटलाई हटाउनुपर्ने इम्बोूड नम्बरमा नेपाली भाषाको प्रयोग गरिनुपर्नेलगायत माग चालक समाजले राखेको छ ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  १० : ४२ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब