ज्योतिष र प्रेम: कुन राशिले कसलाई प्रस्ताव राख्ने र दिगो प्रेम गर्ने ? | Khabarhub Khabarhub

ज्योतिष र प्रेम: कुन राशिले कसलाई प्रस्ताव राख्ने र दिगो प्रेम गर्ने ?


२ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


798
Shares
  • change font
  • change font
  • change font

सरेशचन्द्र रिजाल
काठमाडौं – आज १४ फेब्रुअरी अर्थात् भ्यालेन्टाइन डे, प्रेम साटासाट गरेर विश्वभर मनाइँदै छ। यसलाई नेपालमा प्रणय दिवसको रुपमा पनि मनाइने गरिन्छ। यस दिनलाई आफूले मन पराएकालाई प्रेम प्रस्ताव राख्न पाइने स्वन्तत्राको रुपमा पनि लिइन्छ। सोहीअनुसार कुन राशि भएकाले कुन राशिसँग प्रेम प्रस्ताव राखेर दिगो प्रेम गर्ने भन्ने विषयमा जानकारी दिने प्रयास गरेका छौँ।

ज्योतिषशास्त्रअनुसार कुन राशि भएकाले कुन राशि भएकासँग प्रेम गर्दा दिगो हुन्छ ? हेर्नुहोस्

मेष
मेष राशि भएका मानिसहरूले तुला राशि हुने मानिसहरूसँगको सम्बन्ध सबैभन्दा राम्रो हुनेछ। कन्या र वृश्चिक राशि हुनेहरूसँगको सम्बन्ध नोक्सानदायक हुनेछ भने बाँकी राशि हुनेहरूसँग मेष राशि हुनेहरूले काम गर्दा राम्रो हुन्छ। पूर्व दिशा मेष राशिको लागि राम्रो रहनेछ।

वृष
वृष राशिमा जन्मिएका महिला तथा पुरुषहरूका लागि तुला र धनु राशि हुने मानिसहरूसँगको सम्बन्ध अति नै नराम्रो मानिन्छ। यो राशिहुनेहरूका लागि भने वृश्चिक राशि सबैभन्दा राम्रो राशिका रुपमा हेरिन्छ। बाँकी राशिहरूसँगको सम्बन्ध राम्रो नै रहनेछ। दक्षिण तिरको दिशामा काम गर्दा छिटो सफलता मिल्नेछ।

मिथुन
मिथुन राशि हुनेहरूका लागि धनु राशि सबैभन्दा राम्रो राशिका रुपमा हेरिन्छ। मकर तथा वृश्चिक राशि हुनेहरूको सम्बन्ध खासै राम्रो मान्न सकिँदै। बाँकी रहेका राशिहरूसँग सम्बन्ध गाँस्दा राम्रो नै रहनेछ। पश्चिम दिशा मिथुन राशिको आफ्नो दिशा हो, काम कारोबार गर्दा राम्रो हुनेछ।

कर्कट
कर्कट राशिमा जन्मिएका सबै मानिसहरूका लागि मकर राशि हुनेहरूसँगको सम्बन्ध अति नै राम्रो मानिन्छ। तर, धनु र कुम्भ राशिका मानिसहरूसँगको सम्बन्ध भने नराम्रो हुनेछ। अरु राशि हुनेहरूँंग काम कारोबार गर्दा फाइदाजनक रहने छ। विशेष गरि उत्तर दिशामा काम गर्दा राम्रो नै मानिन्छ।

सिंह
सिंह राशि हुनेहरूले कुम्भ राशि हुनेहरूसँग प्रेम गर्दा धेरै नै राम्रो हुन्छ। विशेष गरी मकर र मीन राशि हुनेहरूसँगको सम्बन्ध राम्रो मानिँदैन। बाँकी राशिहरूसँग भने काम गर्दा राम्रो नै मानिन्छ। पूर्व तिरको दिशामा काम गर्दा परिवारमा खुसी र प्रगति गराउँछ।

कन्या

कन्या राशिमा जन्मेका मानिसहरूका लागि भने मीन राशि भएका मानिसँग प्रेम गर्दा सोचेअनुसरको सफलता मिल्ने छ। कन्या राशिको लागि कुम्भ तथा मेष राशि हुनेहरूसँगको सम्बन्ध निकै कमजोर मानिन्छ। त्यसैले कारोबार नगर्नु भएकै राम्रो हुनेछ। अरु बाँकी रहेका राशि हुनेहरूसँगको सम्बन्ध भने राम्रो नै रहनेछ। कन्या राशिको लागि दक्षिण दिशा शुभ मानिन्छ।

तुला
तुला राशि हुनेहरूले मेष राशि हुनेहरूसँग सम्बन्ध राखेर काम गर्दा राम्रो मानिन्छ। मीन र वृष राशि हुनेसँग भने एकदमै नराम्रो हुन्छ। बाँकी रहेका राशिहरूसँग भने काम गर्दा राम्रो हुन्छ। पश्चिम दिशा राम्रो मानिन्छ। त्यो दिशातर्फ काम गर्दा परिवारमा खुसियाली बढ्नेछ।

वृश्चिक
वृश्चिक राशि हुनहरूले विशेषगरी वृष राशि हुनेहरूसँग सम्बन्ध राखेमा विशेष फदा हुनेछ। मेष र मिथुन राशि हुने हरूसँग राम्रो मानिँदैन। अरु राशिसँग मिलेर काम गर्दा फाइदाजनक हुनेछ। महत्त्वपूर्ण कारोबार गर्दा घरभन्दा उत्तर दिशामा गएर गरेका कामबाट सफलता मिल्नेछ।

धनु
धनु राशि हुनेहरूले विशेष गरी मिथुन राशिहुनेहरूसँग प्रेम सम्बन्ध राम्रो हुनेछ। वृष र कर्कट राशि हुनेसँग प्रेममा सफलता पाउन भने गाह्रो हुनेछ। यी राशिसँगका व्यक्तिसँगको कुनै पनि कारोबार अन्तिममा पूरा नहुदै रोकिने हुन्छ। यी दुई राशि वृष र कर्कटबाहेकका अरु राशि हुनेहरूसँगको सम्बन्ध राम्रो हुनेछ। विवाह गर्दा समेत राम्रो नहुने हुन्छ।

मकर
मकर राशिमा जन्मेका मानिसका लागि कर्कट राशि हुनेसँगको सम्बन्ध निक्कै राम्रो मानिन्छ। तर, मकर राशि हुनेले मिथुन र सिंह राशि हुनेसँग काम नगरेकै राम्रो हुन्छ। अरु राशि हुनेसँगको सम्बन्ध राम्रो नै मानिन्छ। मकर राशि हुनेले विशेष गरी दक्षिण दिशामा बसेर काम गरेमा राम्रो हुनेछ।

कुम्भ
विशेषगरी कुम्भ राशिका मानिसले सिंह राशि हुनेसँगको सम्बन्ध राम्रो मानिन्छ। तर, कर्कट र कन्या राशि हुनेसँगको सम्बन्ध भने नराम्रो नै मानिन्छ। पारिवारिक सम्बन्धका लागि बाँकी रहेका राशिसँगको सम्बन्ध राम्रो नै मानिन्छ। कुम्भ राशि हुनेले पश्चिम दिशामा बसेर काम काम गरेमा लाभ हुनेछ।

मीन
मीन राशिमा जन्मिएका मानिसले विशेषगरी कन्या राशि हुनेसँगको सम्बन्ध निक्कै राम्रो मानिन्छ। सिंह र तुला राशि हुनेसँगबाहेक अरु राशिसँगको सम्बन्ध राम्रो नै मानिन्छ। विशेष प्रगतिको लागि उत्तर तथा पूर्व दिशाहरू लाभदायक हुनेछन्।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ६ : ५५ बजे

बडादसैँले ‘समृद्ध लुम्बिनी’को संकल्प पूरा गर्न थप ऊर्जा मिलोस् : मुख्यमन्त्री आचार्य 

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विजयादशमी पर्व–२०८१ ले ‘समृद्ध

न्युजिल्याण्डविरुद्धको टेष्ट सिरिजका लागि भारतीय टिमको घोषणा

काठमाडौं– भारतले न्युजिल्याण्डविरुद्धको टेष्ट सिरिजका लागि टिमको घोषणा गरेको छ

कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’

सोलुखुम्बु– दसैँका घमाइला दिन, जताततै रमाइलो । दसैँ मनाउनकै लागि

काभा पुरुष भलिबल : उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्ने

काठमाडौं– २० वर्ष मुनिको काभा पुरुष भलिबल च्याम्पियनसिपको उपाधिका लागि

दशैँमा फेरि देखिन थाले चर्खे पिङ

बागलुङ– बागलुङ नगरपालिका–८ सिगानामा झण्डै डेढ दशकपछि यसपालीको दशैँ चर्खेपिङ