अफ्रिकाको कृषिमा चरा आतंक | Khabarhub Khabarhub

अफ्रिकाको कृषिमा चरा आतंक


२ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

रातो चुच्चो भएको कोइली झैँ लाग्ने चराको एक झुन्डले अहिले केन्याको बालीलाई छरपस्ट नास गरेको छ। रोज नेकेसाको धानको बाली त सोतर नै भएको छ। तालहरूको सहर किसुमुको नजिक रहेका उनी जस्ता धेरै किसानलाई अहिले यस्तै समस्या छ।

‘म बोल्ने नसक्ने अवस्थामा छु। किनकी मैले दिनभर चरा धपाउँदा आफ्ना आवाज गुमाइ सकेको छु। यी चरा कुनै पनि कुराबाट नडराउने रहेछन्’, नेकेसाको कथन छ। उनी जस्ता धेरै किसानको काम नै दिनभर चरा धपाउने भएको छ। एउटा हातमा लट्ठी र अर्को हातमा माटोको डल्ला त नछुट्ने नै भयो। चरा धपाउन अनेकौँ उपाय अपनाउन खोज्दा चराहरू त्यहाँबाट नभागेपछि उनीहरू आजित नै भएका छन्।

त्यस क्षेत्रका किसान पाँच वर्षको समयमा सबैभन्दा कम बाली भित्र्याउनु पर्ने त्रासमा आत्तिएका छन्। खेतमा घुम्ने चरालाई लखेट्ने र सकेसम्म बाली जोगाउने यस क्रममा तल्लीन हुने क्रममा धेरै किसानले अहिले अर्को काम नै गर्न छाडेका छन्।

अहिले खेतमा काम गर्न पनि उनीहरूलाई अप्ठेरो परेको छ। धेरै जनाको यस बाली भन्दा बाहेक अर्को आम्दानीको श्रोत छैन। चराले दुख नदिएको भए एक जनाले सक्ने कामका लागि पनि चराले दिएको दुखका कारण चार जना राख्न परेको छ। यस कारण उनीहरूले सरकारका सामू क्षतिपूर्ति माग गरेका छन्। उनीहरूका लागि अन्य उपाय नै देखिएको छैन।

लरेन्स ओडांगाले पनि संसारमै परिचित यस चराले दिएको कारण समस्या थपिँदो छ। ‘उनीहरू आएको आवाज सुनिन्छ। तिनीहरूले हामीलाई ध्वस्त नै पारि रहेका छन्’, मातृ भाषा थाउलोमा उनले चिच्याए। उनले पनि चरा धपाउनकै लागि एक आर्कमा पाँच जनाको दरले मानिस राखेका छन्। त्यहाँ बिछ्याइएका जालहरू अनुपयुक्त र निष्प्रभावी साबित भइसकेका छन्।

‘चराहरूले मेरो चार आर्कको बाली नास गरे। अब म कसरी आफ्नो बच्चालाई जीवन गुजार्न र बच्चालाई स्कुल पठाउन सक्छु ?’, दुःखी हुँदै ती युवा भन्छन्। कहिलेकहीँ यस किसिमको चराको आतङ्क पूर्व र पश्चिम अफ्रिकामा नै हुने गरेको छ। यी चराले दैनिक १० ग्राम मात्र अन्न खान सक्छन्। त्यस भन्दा धेरै खान नै सक्दैनन्। तर, एकै पटक लाखौं चराको हुल पनि आउन सक्ने सम्भावना रहन्छ। त्यसो भयो भने २४ घण्टामा २० टन अन्न खान्छन्।
सन् २०२१ मा विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले सब सहारा क्षेत्रमा चराको कारण ५० मिलियन डलर बराबरको अन्न नास भएको तथ्यांक निकालेको थियो। अहिले किसुमुको ३सय आर्क जङ्गलमा १ करोड चरा भएको अनुमान गरिन्छ। कृषिको समयमा अर्को दुई सय आर्क जमिन पनि चराको जोखिममा छ।
देशका अन्य भागमा पनि यसै किसिमको क्षति भएको छ। दक्षिणी नाओक गाउँमा लाखौँ चराले सेतो गहुँलाई नष्ट गरेका छन्। त्यस क्षेत्रमा लगाइएका बाली मध्येका ४० प्रतिशत नास भइसकेको अनुमान गरिएको छ।

धेरै जसो खडेरी पर्ने ती क्षेत्रमा पाइने यी चराको पहिलो खाद्यान्न नै जङ्गली घाँसको बिउँ हो। लगाइएका बाली भित्र्याइ सकेपछि चराहरूले खाने कुराको अन्य विकल्प पनि खोज्ने वैज्ञानिक बताउँछन्। जलवायु परिवर्तनका कारण धेरै स्थानमा खडेरी परेका छन्। यस कारण जङ्गलमा प्राकृतिक रूपमै पाइने यिनीहरुका आहारमा पनि समस्या परेका छन्। यसै समस्याका कारण अहिले कृषि बालीमा असर परेको कुरामा वातावरणीय संस्था नेचर केन्याका पाउल गाचेरु सहमत छन्।

उनी अहिले देखिएको चराको आतङ्क जङ्गलमा उनीहरूको प्राकृतिक वासस्थान नास भएपछि आएको समस्या बताउँछन्। त्यसै कारण त्यो चरा अहिले कृषि योग्य जमिनमा धेरै प्रवेश गरिरहेका छन्। यो प्रवेशको सङ्ख्या प्रत्येक वर्ष बढ्दो छ। उनीहरूको यो जनसङ्ख्याका लागि धेरै नै अन्न आवश्यक पर्छ। अफ्रिकामा भएको धेरै खेती नै उनीहरूका लागि उपयुक्त वातावरण हो। यसै कारण उनीहरूको सङ्ख्या पनि अफ्रिकामा नै बढी रहेको हुनसक्छ। यिनीहरूको प्रजनन क्रम एक वर्षमा तीन पटक समेत हुनसक्छ।

लट्ठी र माटाका डल्लाले काम नगरेपछि अधिकारीले रसायनको प्रयोगलाई उपयुक्त ठान्न थालेका छन्। मेवा सिचाइ परियोजनाको क्षेत्रमा सन् २०१९ मा केन्याको सरकारले ८० लाख यी चरा मारेको दाबी गरेको जनाइएको थियो। गत वर्ष २० लाखलाई यसैगरी मारिएको जनाइएको छ।

यस वर्ष किसुमुका अधिकारीले ६० लाख चरा मार्ने योजना बनाएको थियो। यसका लागि ड्रोनको प्रयोग गरिएको थियो। उनीहरूले खाने र आराम गर्ने स्थानलाई लक्षित गरिएको थियो। किसुमुमा कृषि हेर्ने गरेका केन ओनयान्गो रसायन छर्नु नै अन्तिम विकल्प भएकोमा सहमत भए सकेका छन्।

यी चरा मार्नका लागि प्रयोग गर्ने फेन्थीयन अत्यन्त विषालु हुन्छ। वातावरण विद् तथा जनावर संरक्षण अभियन्ताले यसबाट हुने प्रतिकुल असरका बारे पनि चेतावनी दिई सकेका छन्। यसले इको सिस्टमलाई प्रभाव पार्ने, त्यस क्षेत्रमा रहेका अन्य वनस्पतिलाई असर गर्ने तथा अन्य जनावर पनि प्रभावित हुने चेतावनी उनीहरूले दिएका छन्।

सबै भन्दा ठूलो समस्या त उनीहरूको यसै गतिविधिका कारण मानिसको स्वास्थ्यमा समेत प्रतिकुल प्रभाव पर्ने निश्चित छ। मेसानो विश्वविद्यालयका वातावरण विज्ञानका प्राध्यापक राफेल कापियो अन्य सबै कुरा मारेर मानिसलाई मात्र जिउँदो राख्ने भन्ने कुरा सम्भव नै नुहुने कुरामा जोड दिन्छन्।

उनी चरा नियन्त्रणको क्रममा प्रयोग हुने विषादी मानिसका लागि समेत घातक हुने बताउँछन्। ती प्राध्यापक परम्परागत शैली नै उपयुक्त हुने ठहर गर्छन्।

यसमा मानिसले पालो दिने तथा चरा धपाइ रहने अथवा जाल राख्ने उपयुक्त हुनसक्छ। उनले अन्य उपाय महंगो हुने र समय पनि खर्च हुने भएकाले धेरैले रसायनको विकल्प रोजेकोमा भने सहमति जनाएका छन्।

किसुमुको रसायन अभियानका ओनयान्गा राष्ट्रिय वातावरण व्यावस्थापन निकायले तयार पारेको मापदण्ड अनुसार नै सबै गरेको बताउँछन्। वातावरणमा नै प्रभाव पार्ने ढङ्गले हेलचेक्र्याइँ गर्न नहुनेमा उनी आफू सहमत छन्।

बाली संरक्षण निकायका निर्देशक कोलीन्स मरन्गु चरा मार्नु रहर नभए पनि यो बाध्यता भएको बताउँछन्। रातको समयमा उनीहरू बसेको जमिनमा नै रसायन छर्कने गरिन्छ। त्यसपछि नै उनीहरूलाई जम्मा गरेर जलाउने गरिन्छ। धेरै कृषकका लागि यो अभियान ढिला चलाइएको महसुस भएको छ। आधा अन्न त्यस चराले खाइ सकेपछि विगतको भन्दा धेरै कम घर भित्र्याउन पाउनु त स्वाभाविक नै भइहाल्छ।

किसुमुको क्षति आफ्नै ठाउँमा छ। त्यहाँको दुख पनि आफ्नै खालको छ। नेकेसाका लागि त यस वर्ष यत्ति खराब भएको छ कि गत वर्ष उनले ५० धोक्रा धान भित्र्याएकी थिइन्। यस वर्ष ३० धोक्रा मात्र भित्र्याउने सम्भावना छ। उनको अहिले सरकारसँग कुनै माग नै छैन। उनका लागि यी चराहरू धपाइए सबै समाधान हुने थियो।

अफ्रिकामा धेरै दुःख नै दुख छ। अत्यधिक तातो मौसम, खडेरी र गरिबी परिचय बोकेको अफ्रिकाको यो चरा आतङ्क अर्को गम्भीर समस्या बनेको छ। स्रोत : बीबीसी

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ८ : ४७ बजे

सहकारी नियमनको कार्य प्रभावकारी रुपमा गरिनुपर्छ : नेता साउद

कञ्चनपुर – नेपाली कांग्रेसका केन्दीय सदस्य नारायणप्रकाश साउदले सहकारीको नियमन

प्रचण्डको ‘चाइना कार्ड’ अभिव्यक्तिप्रति एमालेको आपत्ति

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ‘चाइना

गड्डाचौकीमा आवागमन सहज बनाउन एसएसबीसँग छलफल गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं – गृहमन्त्री रमेश लेखकले पश्चिमी सीमानाका गड्डाचौकी भएर ओहोरदोहोर

एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली मुख्यमन्त्री : कँडेल

कर्णाली – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेश

माल्टामा राहदानी घुम्ती सेवा शिविर सञ्चालन हुने

पोर्चुगल – राहदानीलगायतका कागजातसम्बन्धी समस्यामा परेका नेपाली नागरिकलाई सेवा दिन