यातायात मजदुरको आन्दोलन : उच्चस्तरीय कार्यदलमार्फत समस्या समाधान गरिने « Khabarhub

यातायात मजदुरको आन्दोलन : उच्चस्तरीय कार्यदलमार्फत समस्या समाधान गरिने


२ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यातायात मजदुरले गरेको आन्दोलनका विषयलाई लिएर सरकार, यातायात व्यवसायी र यातायात मजदुरबीच सिंहदरबारमा वार्ता भएको छ । 

उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको संयोजकत्वमा आज बिहान बसेको बैठकले यातायात मन्त्रालयले बनाएको उच्चस्तरीय कार्यदलमार्फत यातायात क्षेत्रका समस्या समाधान गर्ने निर्णय गरेको हो । कार्यदलको बैठक बसेर यातायात व्यवसायी तथा मजदुरले राखेका जायज माग सम्बोधन गर्नेबारे बैठकमा छलफल भएको नेपाल यातायात मजदुर सङ्घका महासचिव नुरनाथ पन्तले जानकारी दिए । 

छलफलमा यातायात क्षेत्रको समस्या समाधानका लागि मन्त्रालय गम्भीर रुपमा लाग्ने उपप्रधानमन्त्री श्रेष्ठले बताएका थिए । उक्त बैठकसँगै आज उपत्यकामा गरिएका सबै सार्वजनिक यातायात बन्दका कार्यक्रम स्थगित गरिएको छ ।

 बैठकमा मन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव यातायात व्यवस्था विभागका महानिर्देशक तुलसीनाथ गौतम, काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रमुख मीरा चौधरी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वाँर, यातायात मजदुरका नेताको सहभागिता रहेको थियो । यस्तै, आज दिउँसो ३ बजे कार्यदलको बैठक यातायात व्यवस्था विभाग मीनभवनमा बस्दैछ ।

यातायात मजदुरको आन्दोलनका कारण सोमबार बालाजु क्षेत्रमा तनावग्रस्त बनेको थियो । दुईवटा प्रहरी भ्यानमा आगो लागेको र नयाँ बसपार्कस्थित  लोह्त्से मल तोडफोड तथा चोरी भएको थियो ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  २ : ४९ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ