यातायात मजदुरको आन्दोलन : उच्चस्तरीय कार्यदलमार्फत समस्या समाधान गरिने « Khabarhub

यातायात मजदुरको आन्दोलन : उच्चस्तरीय कार्यदलमार्फत समस्या समाधान गरिने


२ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यातायात मजदुरले गरेको आन्दोलनका विषयलाई लिएर सरकार, यातायात व्यवसायी र यातायात मजदुरबीच सिंहदरबारमा वार्ता भएको छ । 

उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको संयोजकत्वमा आज बिहान बसेको बैठकले यातायात मन्त्रालयले बनाएको उच्चस्तरीय कार्यदलमार्फत यातायात क्षेत्रका समस्या समाधान गर्ने निर्णय गरेको हो । कार्यदलको बैठक बसेर यातायात व्यवसायी तथा मजदुरले राखेका जायज माग सम्बोधन गर्नेबारे बैठकमा छलफल भएको नेपाल यातायात मजदुर सङ्घका महासचिव नुरनाथ पन्तले जानकारी दिए । 

छलफलमा यातायात क्षेत्रको समस्या समाधानका लागि मन्त्रालय गम्भीर रुपमा लाग्ने उपप्रधानमन्त्री श्रेष्ठले बताएका थिए । उक्त बैठकसँगै आज उपत्यकामा गरिएका सबै सार्वजनिक यातायात बन्दका कार्यक्रम स्थगित गरिएको छ ।

 बैठकमा मन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव यातायात व्यवस्था विभागका महानिर्देशक तुलसीनाथ गौतम, काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रमुख मीरा चौधरी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वाँर, यातायात मजदुरका नेताको सहभागिता रहेको थियो । यस्तै, आज दिउँसो ३ बजे कार्यदलको बैठक यातायात व्यवस्था विभाग मीनभवनमा बस्दैछ ।

यातायात मजदुरको आन्दोलनका कारण सोमबार बालाजु क्षेत्रमा तनावग्रस्त बनेको थियो । दुईवटा प्रहरी भ्यानमा आगो लागेको र नयाँ बसपार्कस्थित  लोह्त्से मल तोडफोड तथा चोरी भएको थियो ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  २ : ४९ बजे

‘प्रधानमन्त्रीसँग पुरानो ब्यागेज छैन, भारतसँग नयाँ ढंगले काम गर्न सक्नुहुन्छ’

नेपाल र भारतबीचको सम्बन्धको विषयमा केही नबोली बुझिँदैन । केही

परराष्ट्रमन्त्री खनालसँग स्विट्जरल्यान्डकी राजदूत मेउलीको शिष्टाचार भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि स्विट्जरल्यान्डकी राजदूत

नेपाली कांग्रेसको सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी विजयी

काठमाडौँ – नेपाली कांग्रेसको सहमहामन्त्री पदमा रामहरि खतिवडा र अजयबाबु

सभामुख अर्याल नेपाल फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तर व्यवस्थापिका संघ (आईपीयू)

बाढीले बगाएको आरुघाटस्थित पुलमा बेलिब्रिजको आवश्यक सामग्री पुग्यो

काठमाडौं– गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुल बुढीगण्डकी नदीको बाढीले