हुक्काको भ्यालेन्टाइन लुक्समा तेज र अशु « Khabarhub

हुक्काको भ्यालेन्टाइन लुक्समा तेज र अशु


२ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी चैत ३ गते रिलिज हुने फिल्म ‘हुक्का एन एब्जर्ड ड्रिम’ले मंगलबार परेको भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसको अवसर पारेर फस्टलुक सार्वजनिक भएको छ । स्पाइनी बाबलर क्रिएसनले ह्यासट्याग नेपालसँग सहकार्य गर्दै निर्माण गरेको फिल्ममा शम्भु थापाको निर्देशन छ ।

फस्टलुकमा फिल्मका प्रमुख कलाकार अशु न्यौपाने र तेज गिरीलाई रोमान्टिक भावमा प्रस्तुत गरिएको छ । फिल्ममा तेज र प्रमिलाका अलावा प्रकाश घिमिर, तलिशा गुरुङ, निश्चल विमल, एलिशा बिक र सन्तोषकुमार आत्रेयको पनि अभिनय छ ।

फिल्ममा प्रयत्न श्रेष्ठको शब्द र संगीत, प्रयत्न श्रेष्ठ र युजिन राईको स्वर, सन्तोषकुमार आत्रेयको कथा, सन्तोषकुमार आत्रेय र भगवान पौडेलको पटकथा, विष्णुप्रसाद बास्तोलाको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर करेक्सन, दीर्घ खड्काको सम्पादन र कृष्णबहादुर थापाको छायांंकन छ ।

त्यस्तै फिल्ममा श्याम लामाको श्रृंगार, भीम श्रेष्ठको भेषभुषा, शेरमान जिसीको निर्माण नियन्त्रण, गोरे याङदेनको सहायक छायांकन, भुपेन्द्र ढकालको कला, मिडिया पोर्टको पब्लिसिटी मेनेजमेन्ट, भुपेन्द्र ढकाल, सागर गोदार क्षेत्री र सुयोग आत्रेयको सहायक निर्देशन, भगवान पौडेलको मुख्य सहायक निर्देशन, सञ्जीव शाहको पाश्र्व ध्वनि, उत्तम न्यौपानेको ध्वनि मिश्रण छ ।

पार्वती थापा, सुशीला गुरुङ र सागर गोदार क्षेत्री निर्माता रहेको फिल्ममा कमलबहादुर भुजेल र किरणकुमार आत्रेय कार्यकारी निर्माता तथा रेश्मा प्रधान सहनिर्माता छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ३ : ४२ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर