आजको मौसम : देशको पहाडी भु-भागमा वर्षाको सम्भावना « Khabarhub

आजको मौसम : देशको पहाडी भु-भागमा वर्षाको सम्भावना


३० फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशको पहाडी भू-भागहरूमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ। 

देशका पहाडी भू-भागका थोरै स्थानहरूमा  मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै लुम्बिनी प्रदेशलगायत तराईका एक दुई स्थानमा अपरान्हतिर मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ। 

राती भने देशको पहाडी भू-भागहरूमा आंशिक देखी सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशका पहाडी भू-भागका थोरै स्थानमा  मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 

 

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  ६ : १८ बजे

गण्डकीमा सघन उपचारका लागि २५ शय्या थप

कास्की- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शय्याको

अमेरिकाले युक्रेनका लागि मिसाइल रोकेको जेलेन्स्कीको आरोप

किएभ– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकाले युक्रेनका लागि स्वीकृत इन्टरसेप्टर

विज्ञान र नवप्रवर्तनलाई प्राथमिकता, १६५ कानून निर्माणको लक्ष्य

नारायणगढ– विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकास र मुलुकको समृद्धिका लागि

मोटरसाइकल दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु

सर्लाही– बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा १६

विपद्का २४ घटनामा एक जनाको मृत्यु, ११ जना घाइते

काठमाडौँ– बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक