ओसकार अवार्डमा योहो र फ्रेजरले देखाएको आशा | Khabarhub Khabarhub

ओसकार अवार्डमा योहो र फ्रेजरले देखाएको आशा


३० फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

‘एभ्री थिङ, एभ्री ह्वेयर अल एट वान्स’ यस वर्षको सर्वाधिक सफल चलचित्र बन्यो। सबैको अनुमानलाई सही साबित गर्दै यस फिल्मले यस वर्षको ओसकार अवार्ड पाएको छ। डानीयल क्वान र डानीयल स्काइनर्टको निर्देशनको यो फिल्म आप्रवासीको कथामा आधारित छ।

मिखायल योहो, स्टेफन हाउसु, के ह्यु क्वान, जेनी स्टेट र हेरी सुम लगायत एकसे एक सुपर स्टारका कारण यो फिल्म अझै उत्कृष्ट बनेको छ। एक आप्रवासी चिनियाँ महिलाको कल्पना र प्रस्तुति फिल्मका विशेषता थिए। यसै बेजोड अभिनयका कारण उनी उत्कृष्ट अभिनेत्री घोषित भएकी छन्। महिला प्रमुख पात्र भएको यस फिल्मका थप केही विशेषता पनि पक्कै छन्।

११ विधामा मनोनयनमा परेको ‘एभ्री थिङ, एभ्री ह्वेयर अल एट वान्स’ ले सात विधामा सफलता पाएको छ। सबैभन्दा प्रतिष्ठित उत्कृष्ट निर्देशक तथा अभिनेत्री यस फिल्मका विशेष अवार्ड बने। ‘यो मेरा लागि विशेष हो। कसैले पनि मेरो समय गई सक्यो भनेर आत्तिनु हुँदैन,’ अवार्ड ग्रहण गरी सकेपछि उनले भनिन्।

त्यसो त यस वर्षको अवार्ड ब्रान्डन फ्रेजरका लागि पनि विशेष बनेको छ। द ह्वेलका लागि उनले उत्कृष्ट अभिनेताको अवार्ड पाए। फ्रेजरले हलिउडमा ३० वर्ष कटाइ सकेका छन्।

उनले यसै फिल्मका लागि गोल्डेन ग्लोब अवार्ड र क्रिटिक च्वाइस अवार्ड पाइसकेका छन्।
भाव विभोर हुँदै उनले भने ‘मेरा अन्य सहकर्मी मित्रहरू तपाइहरूले यसै ह्वेल जस्तो विशाल आत्ममा मलाई र मेरो नामलाई जोड्ने अवसर दिनु भएकोमा हार्दिक आभार व्यक्त गर्न चाहन्छु।’

उनको यो भाव विह्वल अभिव्यक्तिले नै अवार्ड वितरण समारोहलाई एक छिन मौन जस्तै बनाएको थियो। उनले भने, ‘ह्वेलले मात्र प्रतिभाको अन्तिम गहिराइसम्म पौडिन सक्छ।’ बिचको समयमा टिभी सिरियल र कमेडीमा रमाउने उनको ह्वेलको बेजोड अभिनय र ओसकार अवार्डको प्रस्तुति विशेष नै थियो।

अवार्डको विशेषता यो हो कि पहिलो दक्षिण पूर्वी एसियाली महिला अभिनेत्री एकेडेमी अवार्डमा उत्कृष्ट चयन भइन्। उनले अवार्ड जित्नकै लागि धेरै बलिया प्रतिस्पर्धीलाई माथ दिनु परेको थियो। टीएअरकी क्लेन ब्लान्चेट र फेबलम्यानकी मिकेल विलियम पनि बलिया दाबेदार थिए। यो अवार्ड पाउनु अगावै उनले गोल्डेन ग्लोब अवार्ड पनि पाइसकेकी थिइन्। त्यसै अवार्ड पाएपछि नै धेरैको ध्यान उनीमा केन्द्रित भइसकेको थियो।

उनी र फ्रेजर दुवै जनाको अभिव्यक्ति संसारलाई आशावादी बनाउने किसिमको छ। ‘यो आशाको दियो र सम्भावनाको कुरा हो। जुन एक दिन सम्भव हुने छ।’ उनले पनि कसैलाई आफ्नो प्राइम समय सकिई सकेको भन्ने निष्कर्ष ननिकाल्नका लागि सुझाव दिएकी छिन्।
मलेसियामा रहेर अवार्ड वितरण समारोह हेरी रहेकी ८४ वर्षीय आमालाई उनले विशेष धन्यवाद दिएकी छन्। उनले भनिन्, ‘संसारका हरेक आमाहरू सुपर हिरो हुन्। जसका कारण हामी यहाँ छौ।’

सोही फिल्मका के ह्यु क्वानले उत्कृष्ट सह अभिनेताको पुरस्कार पाए। यसैगरी जेमी लि कर्टीले उत्कृष्ट सह अभिनेत्रीको पुरस्कार पनि पाइन्। क्वान र स्काइ नर्टले संयुक्त रूपमा उत्कृष्ट निर्देशकको पुरस्कार पाए।

जसरी मलेसियामा जन्मिएको योहो ओसकार पाउने पहिलो दक्षिण पूर्वी एसियाली बनेकी छन्, त्यसै गरी तलेगु फिल्मको गीतले उत्कृष्ट ‘ ओरिजिनल सङ’को अवार्ड पाएको छ।

निर्देशक राज माउलीको ‘आरआरआर’ फिल्म यसै पनि हिट फिल्ममा दर्ज भएको थियो। यसै फिल्मको नटाउ नटाउ उत्कृष्ट ‘ओरिजिनल सङ’को अवार्ड पाउन सफल भएको हो। यो अवार्ड जित्ने नटाउ नटाउ दोस्रो भारतीय गीत हो। यस अघि सन् २००९ मा एआर रहमानको स्लमडग मिलिनियरको जय होले अवार्ड पाएको थियो।

वेस्ट ओरिजिनल स्कोरको अवार्ड ल क्वीट अन द वेस्टर्न फ्रन्ट तथा उत्कृष्ट मेक अप तथा हेयर स्टाइलको हवार्ड ह्वेलले पाएको छ। उत्कृष्ट कस्टम डिजाइनको अवार्ड ‘ ब्ल्याक प्यान्थर वाकन्डा फर इभर’ले पाएको छ। उत्कृष्ट सिनेमाटो ग्राफीको अवार्ड अल क्वेस्ट अन द वेस्टर्न फ्रान्टले पायो। वेस्ट ओरिजिनल स्क्रिन प्लेको अवार्ड ‘एभ्री थिङ, एभ्री ह्वेयर अल एट वान्स’ ले नै पायो। वेस्ट एडप्टेड स्क्रिन प्लेको अवार्ड ओमन टकिङले पायो। वेस्ट साउन्ड टप गन माभरिक तथा उत्कृष्ट सम्पादन एभ्री थिङ, एभ्री ह्वेयर अल एट वान्सले पाए। वेस्ट प्रोडक्सन डिजाइन अल क्वीट अन द वेस्टर्न फ्रन्टले जित्यो भने वेस्ट भिजुएल इफेक्ट अवतारले पायो।

उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्मको अवार्ड अल क्विन अन द वेस्टर्न फ्रन्टले पायो। उत्कृष्ट डकुमेन्ट्रीको अवार्ड नाभाल्नीले पायो। उत्कृष्ट लाइभ एक्सन सर्टको अवार्ड अल आइरिस गुडबाइले पायो। उत्कृष्ट छोटो डकुमेन्ट्री द एलाफेन्ट ह्वीस्पर्सले पायो।

ओसकारको इतिहासमा कुनै पनि फिल्मले उत्कृष्ट फिल्म निर्देशक र अभिनयका ३ विधामा अवार्ड जितेका थिए। योहो यस वर्ष अवार्ड जित्ने दोस्रो ‘कलर्ड’ महिला भएकी छन्। दुई दशक अघि नै मन्सटल बाल मोरका लागि हेल बेरीले अवार्ड जितेकी थिइन्।

अहिलेसम्मको ओसकारको इतिहास हेर्ने हो भने अभिनेता र अभिनेत्रीको अवार्डमा सह अभिनेता तथा अभिनेत्रीको तुलनामा कम विविधता देखिएको छ। यस अघि एरियना डिभोस, युजोंग यान, रेजिना किङ, भायला डेभिस, लुपटीया नीयाग, ओक्टाभिया स्पेन्सरले सह अभिनेत्रीको अवार्ड जिती सकेका छन्।

फ्रेजरको कम ब्याकको कथा भने यस वर्ष विशेष रह्यो। उनको सफलताले कहिले आशा मार्न हुँदैन भन्ने सन्देश दिएको छ। ५४ वर्षीय उनले अवार्ड लिइसकेपछि यो अवसर दिएकोमा फिल्म युनिटलाई नै आभार व्यक्त गरेका छन्।

विगतमा जर्ज अफ द जङ्गल तथा ममी जस्ता फिल्ममा अभिनय गर्दै आफूलाई सुपर स्टार बन्ने सम्भावना देखाएका उनी लामो समय छायामा पनि परेका थिए।

समारोहमा की ह्यो क्वान पनि त्यत्तिकै भावुक थिए। उनको भनाइ अझ मर्मस्पर्शी पनि हुन सक्छ। सपना त्यहीँ जो पुरा गर्ने विश्वास हामीमा छ’, उनले भने। गुनिज, इन्डियना जोन्स र ट्याम्पल अफ डुममा बाल कलाकारको भूमिका निभाएका उनी लामो समय फिल्मबाट बाहिर थिए। भियतनामी–अमेरिकी उनले अमेरिकी सपनाको रूपमा अवार्ड ग्रहण गरे।

जीवनको यात्रा डुङ्गाबाट सुरु गर्दै शरणार्थी शिविरमा जीवन गुजारा गर्दै हलिउडको अवार्डसम्म पाउनु उनका लागि चानचुने कुरा थिएन। कर्टीसले पनि ४५ वर्षे अभिनय क्षेत्रमा बिताइ सकेपछि अवार्ड पाएकी हुन्। उनले पनि आफूले हजारौँको प्रतिनिधित्व गरेको बताएकी छिन्। यस वर्षका अवार्डको मुख्य विशेषता यी सबै कलाकार बने। जसले संसारलाई आशाको सञ्चार गराए।
स्रोत : बीबीसी, सीएनएन , गार्जियन , टाइम्स अफ इन्डिया

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  ८ : २६ बजे

अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै

गलकोट– बागलुङको पर्यटकीय गाउँ भकुण्डेमा सञ्चालित जिल्लाकै पहिलो अतिथि सत्कार

निर्माण उद्योगमैत्री कानुन निर्माण सरकारको प्राथमिकता : प्रधानमन्त्री 

हेटौंडा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण उद्योगमैत्री कानुन निर्माण गरेर

सुपरहिटको ट्याग पाउँदै ‘महाजात्रा’ दोस्रो हप्तामा प्रवेश

काठमाडौं– प्रदीप भट्टराईको निर्देशन रहेको ‘महाजात्रा’ सुपरहिटको ट्याग पाउँदै दोस्रो

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

हेटौंडा– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ मा विश्वासको

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध

काठमाडौं– दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई आगामी मे महिनामा