सिभिल अस्पतालमा १८ विशेषज्ञ चिकित्सकसहित ११२ जना कर्मचारी आवश्यक « Khabarhub

सिभिल अस्पतालमा १८ विशेषज्ञ चिकित्सकसहित ११२ जना कर्मचारी आवश्यक


३० फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं मीनभवनस्थित सिभिल अस्पतालले ६३ जना नर्ससहित ठूलो सङ्ख्यामा कर्मचारी माग गरेको छ । मंगलबार एक सूचना प्रकाशित गर्दै अस्पतालले ६३ जना नर्ससहित ११२ जना कर्मचारी माग गरेको हो । 

शैक्षिक संस्थाका रुपमा विकास गर्ने योजनाका साथ सामान्य प्रशासन मन्त्रालयले अस्पताललाई अगाडि बढाइरहेको बेला सो अस्पतालले आठौं र नवौँ तहका १८ जना विशेषज्ञ चिकित्सक माग गरेको छ । यसैगरी अस्पतालले ७ औं तहको नर्सिङ सुपरभाइजर १ जना, ६ औं तहका सिष्टर ४ जना, पाँचौ तहका स्टाफ नर्स ५६ जना र चौथो तहको ओपीडी असिस्टेन्ट २ जना गरी ६३ जना नर्सिङ कर्मचारी तथा फार्मेसीतर्फ छैटौ तह १ जना, फार्मेसी सहायक पाँचौ तह ३ जना माग गरेको छ । 

यसैगरी, अस्पतालले ७ औं तहको वरिष्ठ रेडियोग्राफी टेक्नोलजिस्ट १ जना, ७ औं तहकै ल्याब टेक्नोलजिस्ट, प्याथोलोजिष्ट १ जनासहित अन्य विभिन्न पदहरूमा कर्मचारी माग गरेको हो ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  ९ : ५१ बजे

गण्डकीमा सघन उपचारका लागि २५ शय्या थप

कास्की- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शय्याको

अमेरिकाले युक्रेनका लागि मिसाइल रोकेको जेलेन्स्कीको आरोप

किएभ– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकाले युक्रेनका लागि स्वीकृत इन्टरसेप्टर

विज्ञान र नवप्रवर्तनलाई प्राथमिकता, १६५ कानून निर्माणको लक्ष्य

नारायणगढ– विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकास र मुलुकको समृद्धिका लागि

मोटरसाइकल दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु

सर्लाही– बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा १६

विपद्का २४ घटनामा एक जनाको मृत्यु, ११ जना घाइते

काठमाडौँ– बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक