सिभिल अस्पतालमा १८ विशेषज्ञ चिकित्सकसहित ११२ जना कर्मचारी आवश्यक « Khabarhub

सिभिल अस्पतालमा १८ विशेषज्ञ चिकित्सकसहित ११२ जना कर्मचारी आवश्यक


३० फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं मीनभवनस्थित सिभिल अस्पतालले ६३ जना नर्ससहित ठूलो सङ्ख्यामा कर्मचारी माग गरेको छ । मंगलबार एक सूचना प्रकाशित गर्दै अस्पतालले ६३ जना नर्ससहित ११२ जना कर्मचारी माग गरेको हो । 

शैक्षिक संस्थाका रुपमा विकास गर्ने योजनाका साथ सामान्य प्रशासन मन्त्रालयले अस्पताललाई अगाडि बढाइरहेको बेला सो अस्पतालले आठौं र नवौँ तहका १८ जना विशेषज्ञ चिकित्सक माग गरेको छ । यसैगरी अस्पतालले ७ औं तहको नर्सिङ सुपरभाइजर १ जना, ६ औं तहका सिष्टर ४ जना, पाँचौ तहका स्टाफ नर्स ५६ जना र चौथो तहको ओपीडी असिस्टेन्ट २ जना गरी ६३ जना नर्सिङ कर्मचारी तथा फार्मेसीतर्फ छैटौ तह १ जना, फार्मेसी सहायक पाँचौ तह ३ जना माग गरेको छ । 

यसैगरी, अस्पतालले ७ औं तहको वरिष्ठ रेडियोग्राफी टेक्नोलजिस्ट १ जना, ७ औं तहकै ल्याब टेक्नोलजिस्ट, प्याथोलोजिष्ट १ जनासहित अन्य विभिन्न पदहरूमा कर्मचारी माग गरेको हो ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  ९ : ५१ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले