छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु « Khabarhub

छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु


३० फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं र सुनसरीमा भएका सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । काठमाडौंको दक्षिणकाली नगरपालिका २ ग्वालदहमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटको बेल्कोटगढी नगरपालिका-१ घर भएका २४ वर्षीय संदिप तामाङ रहेका छन् ।  

बाग्मती प्रदेश ०१-००३ क ८६९० नम्बरको मिनी टिपर ब्याक गर्ने क्रममा सडक निर्माणमा खटिएका कामदार तामाङलाई ठक्कर दिएको हो । गम्भीर घाइते भएका तामाङको ललितपुरको भैंसेपाटी स्थित मेडिसिटि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा संलग्न चालकलाई ईलाका प्रहरी कार्यालय फर्पिङले नियन्त्रणमा लिएको छ । 

उता सुनसरीको दुहबी नगरपालिका–८ मा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको मलगंवा नगरपालिका– ७ का घर भएका २८ वर्षीय रवीन्द्र महरा रहेका छन् ।  ध १ ख ६४७ नम्बरको बसले पैदलयात्री रवीन्द्रलाई ठक्कर दिएको थियो । 

बसको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको छ । ठक्कर दिने बससहित चालकलाई इलाका प्रहरी कार्यालय दुबहीले नियन्त्रणमा लिएको छ ।

 

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  ११ : २४ बजे

धोबीखोला करिडोरका सुकुम्वासी बस्तीमा डोजर, हेर्नुहोस् ड्रोन भ्यू

काठमाडौं– शनिबार काठमाडौंको धोबीखोला करिडोर आसपासका अतिक्रमित सरकारी जग्गामा निर्माण

अमेरिकी विशेष दूत गोर र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष

रोल्पा दुर्घटनाबारे रास्वपापछि बोल्यो प्रधानमन्त्री कार्यालय, चार सदस्यीय छानबिन समिति गठन

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले रोल्पाको थवाङ गाउँपालिका–१, सल्यापमा भएको

उत्पादन बढाउन माइजोगमाईमा सामूहिक खेती

इलाम– माइजोगमाई गाउँपालिका–४ नामसालिङ गाउँका १६ परिवार सामूहिकखेती गर्छन् ।

अमेरिकी सैन्य साइटहरूमा इरानको व्यापक आक्रमण

एजेन्सी– अमेरिका र इरानबीच सुरु भएको युद्धका क्रममा मध्यपूर्व क्षेत्रमा