इरान र बेलारुसबीच पारस्परिक सहयोग अभिवृद्धिसम्बन्धी सात सम्झौतामा हस्ताक्षर | Khabarhub Khabarhub

इरान र बेलारुसबीच पारस्परिक सहयोग अभिवृद्धिसम्बन्धी सात सम्झौतामा हस्ताक्षर


३० फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इरान र बेलारुसबीच पारस्परिक सहयोग अभिवृद्धिसम्बन्धी सात वटा सम्झौतामा हस्ताक्षर भएका छन् । दुवै देशले आपसी सहयोगसम्बन्धी मार्गचित्र मस्यौदा गरी व्यापार, कृषि, संस्कृतिलगायत सात सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

इरानी राष्ट्रपति इब्राहिम रायसी उनका बेलारुसी समकक्षी अलेक्ज्याण्डर लुकासेन्कोले इरानको राजधानी तेहरानमा आयोजित एक कार्यक्रममा पारस्परिक सहयोगको मार्गचित्रमा हस्ताक्षर गरेका हुन् ।

दुवै देशका राष्ट्रपतिको उपस्थितिमा प्रत्यर्पण सम्झौतालगायत आपसी सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको इरानी राष्ट्रपतिको कार्यालयको वेबसाइटमा उल्लेख छ ।

हस्ताक्षर समारोहपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति राइसीले आफ्ना बेलारुसी समकक्षीको इरान भ्रमणले दुई देशबीचको सम्बन्ध विस्तारमा नयाँ आयाम थपिएको बताए ।

उनले पश्चिमा मुलुकको प्रतिबन्ध र धम्कीका बाबजुद पनि इरानले प्रतिकूल परिस्थितिलाई अवसरमा परिणत गर्दै प्रगतिको दिशामा अघि बढाउन सफलता मिलेको बताए । साथै उनले आफ्ना अनुभव बेलारुससँग आदानप्रदान गर्न इरान तत्पर रहेको समेत बताए ।

इरान र बेलारुस एकपक्षीयताको विरुद्धमा रहेको इरानी राष्ट्रपतिको भनाइ छ । स्वतन्त्र देशहरूबीचको प्रभावकारी एवम् रचनात्मक सम्बन्धबाटै प्रतिबन्धलाई परास्त गर्न सकिने विचार व्यक्त गर्दै इरानी राष्ट्रपतिले सहकार्य र साझेदारीमा जोड दिए । बेलारुसका राष्ट्रपति लुकासेन्को उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार तेहरान पुगेका थिए ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  १ : ३६ बजे

राहुल लिम्बूले दोस्रो पटक जिते ‘पानी सुल्के’ प्रतियोगिताको उपाधि

सुनसरी- साविक विजेता राहुल लिम्बू दोस्रो स्टोन स्किपिङ च्याम्पियनसिप (पानी

रुस, युक्रेनसहित सिङ्गो युरोपले कुरिरहेको अमेरिकी निर्वाचन परिणाम

युक्रेनको एक सेल्टर । मानिसहरू टोलाएर बसेका छन् । यसै

चीन-युएई कूटनीतिक सम्बन्धको ४० वर्ष : दिए एकअर्कालाई शुभकामना

बेइजिङ– चिनियाँ राष्ट्रपति सी जिनपिङ र संयुक्त अरब इमिरेट्स (यूएई)

तिहारका पाँच दिनको महत्व : काग तिहारदेखि भाइटीकालाई यसरी बुझौँ

काठमाडौं- तिहारलाई हामीले यमपञ्चकका रूपमा स्वीकार गर्छौँ । पञ्चकको अर्थ

युक्रेनमा ’विजय’ नभएसम्म रूसको साथमा रहने उत्तर कोरियाको घोषणा

मस्को – युक्रेनमा रूसको विजय नभएसम्म उत्तर कोरिया रुसको साथमा