चिनियाँ राष्ट्रपतिद्वारा राष्ट्रपति पौडेललाई बधाई « Khabarhub

चिनियाँ राष्ट्रपतिद्वारा राष्ट्रपति पौडेललाई बधाई


३० फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनका राष्ट्रपति सी चिनफिङले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पदभार ग्रहण गरेकाेमा बधाई दिएका छन् ।

आफ्नो बधाई सन्देशमा राष्ट्रपति सीले चीन र नेपाल हिमाल र नदीले जोडिएका मित्रवत् छिमेकी भएको र सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै यी दुई देशबीचको सम्बन्धले शान्तिपूर्ण सहअस्तित्व, मित्रता र आपसी सहयोगको विश्वसामु राम्रो दृष्टान्त प्रस्तुत गरेको बताएका छन् ।

चिनियाँ राष्ट्रपतिले नेपाल–चीन सम्बन्धको विकासलाई आफूले निकै महत्त्व दिएको बताउँदै दुई देशबीचको परम्परागत मित्रतालाई अगाडि बढाउन, आपसी राजनीतिक विश्वासलाई थप सुदृढ पार्न, उच्च गुणस्तरको बेल्ट एन्ड रोड सहकार्यलाई अगाडि बढाउन र विस्तार गर्न नवनिर्वाचित राष्ट्रपति पौडेलसँग मिलेर काम गर्न इच्छुक रहेको बताएका छन् ।

त्यसै गरी उनले विकास र समृद्धिको लागि चिरस्थायी मित्रता सहितको सहयोगको रणनीतिक साझेदारीलाई निरन्तर प्रवर्द्धन गर्नका लागि सांस्कृतिक एवं जनता-जनताबीचको सम्बन्धलाई थप प्रगाढ पार्न आगामी दिनहरू अझ महत्त्वपूर्ण हुने विश्वास समेत व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  ७ : ०१ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर