चिनियाँ राष्ट्रपतिद्वारा राष्ट्रपति पौडेललाई बधाई « Khabarhub

चिनियाँ राष्ट्रपतिद्वारा राष्ट्रपति पौडेललाई बधाई


३० फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनका राष्ट्रपति सी चिनफिङले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पदभार ग्रहण गरेकाेमा बधाई दिएका छन् ।

आफ्नो बधाई सन्देशमा राष्ट्रपति सीले चीन र नेपाल हिमाल र नदीले जोडिएका मित्रवत् छिमेकी भएको र सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै यी दुई देशबीचको सम्बन्धले शान्तिपूर्ण सहअस्तित्व, मित्रता र आपसी सहयोगको विश्वसामु राम्रो दृष्टान्त प्रस्तुत गरेको बताएका छन् ।

चिनियाँ राष्ट्रपतिले नेपाल–चीन सम्बन्धको विकासलाई आफूले निकै महत्त्व दिएको बताउँदै दुई देशबीचको परम्परागत मित्रतालाई अगाडि बढाउन, आपसी राजनीतिक विश्वासलाई थप सुदृढ पार्न, उच्च गुणस्तरको बेल्ट एन्ड रोड सहकार्यलाई अगाडि बढाउन र विस्तार गर्न नवनिर्वाचित राष्ट्रपति पौडेलसँग मिलेर काम गर्न इच्छुक रहेको बताएका छन् ।

त्यसै गरी उनले विकास र समृद्धिको लागि चिरस्थायी मित्रता सहितको सहयोगको रणनीतिक साझेदारीलाई निरन्तर प्रवर्द्धन गर्नका लागि सांस्कृतिक एवं जनता-जनताबीचको सम्बन्धलाई थप प्रगाढ पार्न आगामी दिनहरू अझ महत्त्वपूर्ण हुने विश्वास समेत व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  ७ : ०१ बजे

युवाले फेरि आन्दोलन गर्नु नपर्ने गरी कानुन र नीति बनाउँछु : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले आगामी दिनमा जेन-जी युवाले

सभामुख अर्यालले संसदीय अभ्यासलाई थप सुदृढ बनाउन भूमिका खेल्नुहुन्छ : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले नवनिर्वाचित सभामुख

ओली-लेखकको बन्दी प्रत्यक्षीकरण रिट हेर्दाहेर्दैमा

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण निवेदनमा

भाइरल म्यानद्वय रतन र मीनविरुद्ध साइबर व्यूरोमा जाहेरी

काठमाडौं- पछिल्लो समय विवादित अभिव्यक्ति दिएर भाइरल भइरहने युट्युबर रतन

राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी लीलाकुमारी निर्विरोध

काठमाडौं– राष्ट्रियसभा उपाध्यक्षमा नेकपा एमालेकी सांसद लीलाकुमारी भण्डारी निर्विरोध भएकी