मानवअधिकारको पहिलो शर्त व्यक्तिगत सुरक्षा : अध्यक्ष ओली « Khabarhub

मानवअधिकारको पहिलो शर्त व्यक्तिगत सुरक्षा : अध्यक्ष ओली


३० फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मानवअधिकारको पहिलो शर्त व्यक्तिको सुरक्षा भएको बताएका छन् ।

मानवअधिकार एलाइन्सले आयोजना गरेको मानव अधिकार रक्षक तथा सामाजिक अभियन्ताको तेस्रो राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै उनले व्यक्तिको सुरक्षापछि नै अरु मानवअधिकारको विषय आउने बताए ।

“मानवअधिकारका लागि बोल्न सक्ने एलाइन्स हुनुपर्छ, मानवअधिकारवादीको एलाइन्स कुनै पार्टी विशेषका पक्षमा लाग्नुहुन्न, नेपालको एउटा राजनीतिक पक्ष आफूलाई भनेजस्तो भएन भने मानवअधिकार आयोगलाई पनि धम्की दिन्छ, मानवअधिकारका लागि सकारात्मक परिवर्तन भए पनि पूर्णता पुगेको छैन”, अध्यक्ष ओलीले भने । मानवअधिकार पाएपछि नै मानिस समृद्ध हुने भएकाले यसका लागि काम हुनुपर्ने उनको भनाइ थियो ।

राष्ट्रिय मानवअधिकार आयोगका सदस्य लिली थापाले मानवअधिकारका लागि भेदभाव नगरी बोल्नु मानवअधिकार रक्षकको कर्तव्य भएको बताए ।

पूर्वमन्त्री पार्वत गुरुङले समाजको चरित्र निर्माणमा सम्मेलनले ठोस निष्कर्ष निकाल्ने बताए । गैरसरकारी संस्था महासङ्घ नेपालका अध्यक्ष रामेश्वर सुवेदी, एलाइन्सका अध्यक्ष मीनबहादुर शाहीलगायतले मानवअधिकारको रक्षाका लागि प्रत्येक वर्ष सम्मेलन आयोजना गरिने प्रतिबद्धता जनाए ।

बुधबारसम्म चल्ने दुई दिने सम्मेलनमा ७७ जिल्लाका प्रतिनिधिको सहभागिता रहेको छ । सम्मेलनले काठमाडौँ घोषणापत्र पनि जारी गर्ने जनाइएको छ । कार्यक्रममा गत वर्षको दोस्रो सम्मेलनमा व्यक्त मन्तव्यको पुस्तिका सार्वजनिक गरिएको थियो ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  ७ : ०३ बजे

युवाले फेरि आन्दोलन गर्नु नपर्ने गरी कानुन र नीति बनाउँछु : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले आगामी दिनमा जेन-जी युवाले

सभामुख अर्यालले संसदीय अभ्यासलाई थप सुदृढ बनाउन भूमिका खेल्नुहुन्छ : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले नवनिर्वाचित सभामुख

ओली-लेखकको बन्दी प्रत्यक्षीकरण रिट हेर्दाहेर्दैमा

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण निवेदनमा

भाइरल म्यानद्वय रतन र मीनविरुद्ध साइबर व्यूरोमा जाहेरी

काठमाडौं- पछिल्लो समय विवादित अभिव्यक्ति दिएर भाइरल भइरहने युट्युबर रतन

राष्ट्रियसभा उपाध्यक्षमा एमालेकी लीलाकुमारी निर्विरोध

काठमाडौं– राष्ट्रियसभा उपाध्यक्षमा नेकपा एमालेकी सांसद लीलाकुमारी भण्डारी निर्विरोध भएकी