राष्ट्रपति उपराष्ट्रपति निर्वाचनमा सत्ता गठबन्धनले संवैधानिक व्यवस्था मिच्यो : अध्यक्ष ओली | Khabarhub Khabarhub

राष्ट्रपति उपराष्ट्रपति निर्वाचनमा सत्ता गठबन्धनले संवैधानिक व्यवस्था मिच्यो : अध्यक्ष ओली


३० फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति उपराष्ट्रपति निर्वाचनमा सत्ता गठबन्धनले संवैधानिक व्यवस्था मिचेको आरोप लगाएका छन् ।

उपराष्ट्रपति निर्वाचनका सन्दर्भमा एमालेले मंगलबार ललितपुरमा आयोजना गरेको संघ तथा प्रदेशका सांसदहरुसंगको छलफल कार्यक्रममा ओलीले संविधानको अक्षरमा त्रुटि हुन सक्ने भन्दै सभामुख उपसभामुख र राष्ट्रपति उपराष्ट्रपति मध्ये एक महिला हुनुपर्ने भावना संविधानको रहेको तर सत्ता गठबन्धनले त्यसलाई वेवास्ता गर्दै संवैधानिक व्यवस्था मिचेको आरोप लगाएका हुन् ।

अहिले १० दलिय नेताहरुले संविधानलाई मिच्न, महिलाको अधिकार खोस्न निर्वाचन आयोगलाइ प्रयोग गरेको उनको भनाइ छ । उनले संविधानको व्याख्यासम्बन्धी प्रश्न सर्वोच्चको संवैधानिक इजलासले हेर्नुपर्ने धारणा राखे । राष्ट्रपति उपराष्ट्रपति निर्वाचनमा संवैधानिक व्यवस्था अनुसार पुरुष महिलाको सन्तुलन मिलाउनु अनिवार्य रहेको उनको भनाइ छ ।

त्यस्तै ओलीले उपराष्ट्रपति पदमा एमालेले जित्ने आधार भएको भन्दै त्यसका बारेमा अहिले चर्चा गरे समिकरण भत्किन सक्ने बताए । ओलीले गठबन्धनभित्र अनेक प्रकारका समस्याहरु रहेको र एमालेभित्र कुनै समस्या नरहेकाले पनि उपराष्ट्रपतिमा एमालेका उम्मेदवारको विजय हुने जिकिर गरे ।

ओलीले अरु निजी स्वार्थका लागि केन्द्रीत भएपनि एमाले सवल राष्ट्रिय शक्ति स्थापीत गर्नका लागि लागेको धारणा राखे ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  ७ : २९ बजे

नेपाल र नेदरल्यान्ड्सबीचको खेल सुपरओभरमा

काठमाडौं – स्कटल्यान्डमा जारी टी-२० अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गत नेपाल र

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणलाई मन्त्रिपरिषद् बैठकले

मलामी गएका किशोरको डुबेर मृत्यु

दैलेख – मलामी गएका गुराँस गाउँपालिका–४ रिठाका ११ वर्षीय कमल

मोहन वैद्य अस्पतालबाट डिस्चार्ज

काठमाडौं – क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य महाराजगञ्जस्थित

स्टुडियोमा समाचार पढिरहेकै बेला इरानी टेलिभिजनमा बम हान्यो इजरायलले

तेहरान — इरानको सरकारी सञ्चार संस्था आईरआईबीले सोमबार एक आकस्मिक