बालिका बलात्कार अभियुक्तलाई जन्मकैद « Khabarhub

बालिका बलात्कार अभियुक्तलाई जन्मकैद


३० फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

सप्तरी – बालिका बलात्कार अभियुक्तलाई आज अदालतले जन्मकैदको सजाय सुनाएको छ । दश वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा सप्तरी डाक्नेश्वरी नगरपालिका–३ हटेलका १९ वर्षीय चन्दनकुमार साहलाई जन्मकैदको सजाय भएको अदालतले जनाएको छ । जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले अभियुक्तलाई जन्मकैदको फैसला गरेको अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले बताए ।

अभियुक्तले बालिकालाई विसं २०७८ फागुन २२ गते दिउँसो बलात्कार गरेका थिए । पीडितकी आमाले इलाका प्रहरी कार्यालय कल्याणपुरमा घटनाकै दिन उजुरी दिएका थिए । बुबाआमा ज्याला मजदुरीका लागि घरबाहिर गएको मौका छोपी आरोपितले ललाइफकाई शरीर बन्धक बनाई घरदेखि पश्चिम रहेको पोखरीको डिलमुनि लगेर बलात्कार गरेको पीडितले बयान दिएकी छिन् ।

इलाका प्रहरी कार्यालय कल्याणपुरले आरोपितलाई विसं २०७८ फागुन २२ गते पक्राउ गरेको थियो । जिल्ला अदालतमा विसं २०७८ चैत १७ गते अभियोजनपत्र दायर भएकोमा जिल्ला न्यायाधीश प्रमेश पोखरेलको आदेशमा आरोपित विसं २०७८ चैत २० गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।

यस्तै सप्तरीकी २५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा सप्तरी डाक्नेश्वरी नगरपालिका–८ का एक युवकलाई आज सात वर्ष कैद सजाय भएको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश श्याम विहारी मौर्यको इजलासले ३० वर्षीय सुन्दर मुखियालाई सात वर्ष कैद सजाय गरेको अदालतले जनाएको छ । आरोपितलाई सात वर्ष कैदका साथै पीडितका लागि ५० हजार क्षतिपूर्ति दिनुपर्ने र फौजदारी कसुर राहत पीडित कोषमा एक हजार तीन सय जम्मा गर्नुपर्ने फैसला भएको अदालतका सूचना अधिकारी पोखरेलले बताए ।

तीनवर्ष अघि नै अदालतमा दर्ता भएको अभियोगको ३३औँ पटकको पेशीमा फैसला भएको हो । आरोपितले २०७६ असोज ३ गते बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०७६ असोज ६ गते उजुरी दिएका थिए । पीडितका अनुसार पति माछा मार्न राति ढोका ढप्काएर निक्लिएका बेला कोठाभित्र प्रवेश गरेका आरोपितले बलात्कार गरेका थिए ।

आरोपित ०७६ पुस ११ गते पक्राउ परेपछि माघ ६ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  १० : ०० बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु