नम्बरी सुनको फस्टलुक पोस्टर सार्वजनिक « Khabarhub

नम्बरी सुनको फस्टलुक पोस्टर सार्वजनिक


१ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राजु गिरीको निर्देशन रहेको सिनेमा नम्बरी सुनको नयाँ वर्षको अवसर पारेर शुक्रबार फस्टलुक पोस्टर सार्वजनिक गरेको छ।

सिनेमाका दुई मुख्य पात्र गौरव पहारी र नम्रता सापकोटा फिचर्ड छन्। सिनेमाले आफ्नु रिलिज मितिपनि तय गरेको छ। सिनेमा आगामी भदौ१ गतेबाट प्रदर्शनमा आउँदै छ।

नारायण खातीको शब्द कथा तथा प्रस्तुति रहेको सिनेमामा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी,लगायत कलाकारको अभिनय रहेको छ।

सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमामा शिवम् अधिकारीको पटकथा तथा संवाद लेखन रहेको छ। सिनेमा सरोज खाती, सविन खाती र मनोज रिजालले मिलेर निर्माण गरेका हुन्।

नम्बरी सुनमा राजेश पायल राई, शान्तिश्री परियार, प्रताप दास र अनु चौधरीको स्वर रहेको छ। अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामीछानेको नृत्य निर्देशक, समीर मियाँको भिएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, गौतम राज खड्काको सम्पादन रहेको छ।

बिनोद भुजेलको ब्याकग्राउन्ड स्कोर मनोरञ्जन श्रेष्ठको।कलर करेक्सन मुख्य सहायक निर्देशकमा जिवन गौतम रहेका छ्न।काठमाडौँ उपत्यकामा जिजिए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछन्।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  ९ : ५६ बजे

विशेष महाधिवेशनकाे कार्यतालिका संशोधन, मंगलबार पनि बन्दसत्र र नाम दर्ता हुने

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको कार्यतालिका संशोधन गरिएको

कांग्रेस विशेष महाधिवेशन : मंगलबार नेतृत्व चयनका प्रक्रिया सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत मंगलबार पार्टीको नीति

सिन्धुलीकी टङ्कमायाको हत्यामा संलग्न रहेको अरोपमा दुई जना पक्राउ

सिन्धुली – जिल्लाको तिनपाटन गाउँपालिका–३ कोल्वोटेकी ५३ वर्षीया टङ्कमाया बुढाथोकीको

पर्वतारोहण सङ्घलाई एकाधिकार दिन मिल्दैनः मन्त्री सिन्हा

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले नेपाल

१५१ वर्ष पुरानो ‘ढोका छेँ’ पुननिर्माण सुरु

काठमाडौं – काठमाडौंको प्राचीन र सांस्कृतिक बस्ती ‘ग्वलः दे’ (पशुपति