समृद्ध श्रीलंका निर्माणका लागि नयाँ सुरुवात गर्न राष्ट्रपतिको आह्वान | Khabarhub Khabarhub

समृद्ध श्रीलंका निर्माणका लागि नयाँ सुरुवात गर्न राष्ट्रपतिको आह्वान


१ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

कोलम्बो– राष्ट्रपति रनिल विक्रमासिङ्घेले समृद्ध श्रीलंका निर्माणका निम्ति नयाँ सुरुवात गर्न आह्वान गरेका छन् । सिंहला र तमिल नववर्षका अवसरमा आज जारी गरेको सन्देशमा उनले देशलाई वर्तमान चुनौतीबाट पार लगाउन नवीन सुरुवातका निम्ति आह्वान गरेका हुन् ।

‘गत वर्ष हाम्रो दैनिक जीवनमा बाधा पुर्‍याउने अभूतपूर्व आर्थिक संकट झेल्नुपर्‍यो अहिले हामीले अथक कष्टबाट मुक्त भएर नयाँ वर्षको अनुष्ठानमा भाग लिन पाएका छौँ, सन् २०२३ ले श्रीलंकाका लागि सन्तोषजनक वातावरण ल्याएको छ । अहिलेको तुलनामा देशलाई अझ समृद्ध बनाउने प्रयासमा हामी एकताबद्ध भएर अघि बढ्न जरुरी भएको छ,’ सन्देशमा राष्ट्रपति विक्रमासिङ्घेले भनेका छन् । 

राजनीतिक सम्बद्धता, जातीय र धार्मिक विविधता  भए पनि राष्ट्रको उज्ज्वल भविष्य निर्माणका निम्ति नयाँ सुरुवात अपरिहार्य भएकामा जोड दिँदै श्रीलंकाली राष्ट्रपतिले एक राष्ट्रको रूपमा एकताबद्ध भएर अगाडि बढेमा समृद्धि प्राप्त गर्ने आकांक्षा हासिल गर्न कठिन नहुने बताएका छन् ।  

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  ३ : ३७ बजे

जर्मनीलाई हराउँदै स्पेन युरोकपको सेमिफाइनलमा

काठमाडौं – स्पेन १७ औँ संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश

कल्भर्ट भत्किँदा च्यापिएर एकजनाको मृत्यु

जुम्ला – यहाँको पातारासी गाउँपालिका–१ स्थित डलिगाड ठूलो खोलामा पुरानो

स्पेनविरुद्ध जर्मनी : गोलरहित बराबरीमा सकियो पहिलो हाफ

काठमाडौं – जर्मनीमा जारी १७औँ संस्करणको युरोकप अन्तर्गतको पहिलो क्वाटरफाइनल

अब बन्ने सरकारलाई असफल हुने छुट छैन : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

लेनदेन बिगो मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौं फैसला कार्यान्वयन अन्तर्गत लेनदेन