‘मुलुकलाई संकटबाट मुक्त गर्न राष्ट्रवादी, सनातन हिन्दुवादी एक हुन ढिला गर्नुहुन्न’ « Khabarhub

‘मुलुकलाई संकटबाट मुक्त गर्न राष्ट्रवादी, सनातन हिन्दुवादी एक हुन ढिला गर्नुहुन्न’


१ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकलाई अहिलेको संकटबाट मुक्त गर्न राष्ट्रवादी ,सनातन हिन्दुवादी पक्षधर शक्तिहरू केही मतभिन्नता र असमझदारीलाई थाती राखेर एक ठाउँमा उभिन अब ढिलाइ गर्न नहुने बताएका छन् ।

नयाँ वर्षको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई आज काठमाडौंमा सम्बोधन गर्दै थापाले मुलुकको हित र बृहत्तर लक्ष्य प्राप्तिको निमित्त सबै आ-आफ्नो ठाउँबाट लचकता अपनाउदै एकतामा आउनुपर्नेमा जोड दिए । 

मुलुकको व्यवस्था मात्र परिवर्तन भएको अवस्थामा कुनै परिवर्तन नभएको चर्चा गर्दै थापाले राजनीतिक परिवर्तनले सनातन धर्म, संस्कृति र परम्परालाई नष्ट गरेकोमा चिन्ता व्यक्त गर्दै थापाले आर्थिक विकास, समृद्धि  र देश निर्माण मृगमरिचिका बनेको बताए । वैदेशिक रोजगारी अलिकति मात्रै तलमाथि परे देशको अर्थतन्त्र तासको घर झै ढल्ने भन्दै थापाले मुलुकको न्यायपालिका ,व्यवस्थापिका र कार्यपालिका राजनीतिको छाँयामा परेकोमा चिन्ता व्यक्त गरे । 

ठूला दलहरूको अदूरदर्शिता र अकर्मण्यताको कारण विदेशी चलखेल र प्रभाव बढेको, कानुनी मान्यतामाथि हमला गरिएको सीमित राजनीतिक दलका सीमित नेताहरूको सिन्डिकेटतन्त्र हाबी भएको भन्दै थापाले राप्रपा नेपाललाई वैकल्पिक शक्तिको रुपमा स्थापित गर्ने अग्नि परीक्षामा उच्च मनोबल सहित खरो रुपमा उत्रन नयाँ वर्षले सबैमा प्रेरणा दिने समेत थापाले विश्वास व्यक्त गरे ।

कार्यक्रममा पार्टीका उपाध्यक्ष एवं उपत्यका संयोजक जयकुमार खड्का, केन्द्रीय सदस्य राजकुमार खड्का लगायतले बोलेका थिए ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  ५ : ०६ बजे

मध्य इरानमा सैन्य स्थलमा आक्रमण

तेहरान– मध्य इरानको इस्फहान प्रान्तमा केही सैन्य स्थलमा आक्रमण हुँदा

प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी

वीरगञ्ज– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गतको आजको खेलमा नेपाल

एमाले संसदीय दलको नेता हुन सक्छन् उपाध्यक्ष बादल

काठमाडौं– नेकपा एमालेले संसदीय दलको नेता रामबहादुर थापा बादललाई बनाउने

सरकार राज्य आतंकतर्फ उन्मुख भएको निष्कर्ष निकाल्दै प्रतिवादमा उत्रन एमालेको आह्वान

काठमाडौं– नेकपा एमालेले सरकार राज्य आतंकतर्फ उन्मुख भएको निष्कर्ष निकाल्दै

यातायात कार्यालयबाट सात जना बिचौलिया पक्राउ

काठमाडौं– काठमाडौँ महानगरपालिका–१५ सानो भर्‍याङस्थित यातायात व्यवस्था कार्यालयबाट सात जना