वसन्तपुरमा ‘नेपाल टुरिजम फेस्टिभल २०२३’ आयोजना « Khabarhub

वसन्तपुरमा ‘नेपाल टुरिजम फेस्टिभल २०२३’ आयोजना


१ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजधानीको वसन्तपुरमा नेपाल पर्यटन महोत्सव ‘नेपाल टुरिजम फेस्टिभल २०२३’ आयोजना गरिएको छ ।

नेपालको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनसँगै पर्यटनको नीतिगत बहस र पैरवी गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डको सहयोगमा नेपाल पर्यटन प्रवर्द्धन (एनटिपी) मल्टिमिडिया ग्रुपले महोत्सवको आयोजना गरेको हो ।

दुई दिने महोत्सवमा ‘कृषि पर्यटन स् माटो, बाटो र दोबाटो’ देखि ‘पर्यटनमा राजनीति : मिसन, भिजन र भिजिट नेपाल’ लगायतका सेसन सञ्चालन भएका छन् । महोत्सवको उद्घाटन सेसन ‘पर्यटन प्रवचन’ पर्यटन व्यवसायी कर्ण शाक्यले गरेका छन्।

यस्तै माटो, बाटो र दोबाटो, व्यावसायिक पर्यटन, रहर शहर, सम्पदा पर्यटन, पर्यटन प्रवर्द्धन र पूर्वाधार विकास र पर्यटनमा जलवायु परिवर्तनको असर शीर्षकका सेसनहरु सञ्चालन भएका छन् । 

नयाँ सिराबाट पर्यटन प्रवर्द्धन गर्नुका साथै पर्यटनको नीतिगत बहस तथा छलफल चलाउने उद्देश्यले महोत्सव आयोजना गरिएको एनटिपीका अध्यक्ष विष्णुबहादुर विश्वकर्माले बताए ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  ६ : ०४ बजे

इरानको तनावबीच पश्चिम एसियामा दोस्रो जहाज तैनाथ गर्दै अमेरिका

एजेन्सी– संयुक्त राज्य अमेरिकाले दोस्रो विमान वाहक, यूएसएस जेराल्ड आर

फागुन ४ देखि काठमाडौंमा राष्ट्रिय महिला तथा पुरुष हक्की प्रतियोगिता हुने

काठमाडौं– नेपाल हक्की संघले यही फागुन ४ गतदेखि काठमाडौंमा राष्ट्रिय

नवनियुक्त चिनियाँ राजदूत कार्यभार सम्हाल्न आइपुगे

काठमाडौं- नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङ कार्यभार सम्हाल्न

प्रतिनिधिसभा निर्वाचन निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गर्न माग

काठमाडौं– राष्ट्रियसभा सांसदहरुले यही फागुन २१ गतेका लागि तय भएको

समाजवादको नयाँ यात्रा सुरु गर्ने अध्यक्ष दाहालको संकल्प

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल  ‘प्रचण्ड’ ले ३१औँ