विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम « Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

आज वैशाख १, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अप्रिल १४, २०२३ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

गोप्य दस्तावेज चुहाएको अभियोगमा सैनिक युवक पक्राउ

युक्रेन युद्धसम्बन्धी अमेरिकी रक्षा मन्त्रालयका झण्डै एक सय वटा अतिगोप्य एवम् संवेदनशील दस्तावेज इन्टरनेटको माध्यमबाट चुहाएको अभियोगमा अमेरिकी नेश्नल गार्डका सदस्य २१ वर्षीय ज्याक टेइसेइरालाई पक्राउ गरिएको छ । उनी मासाचुसेट्स एयर नेश्नल गार्डमा कार्यरत थिए ।

चुहाइएका दस्तावेजबाट वासिङ्टनदेखि किएभ र सोलसम्म अमेरिकाका सहयोगीलाई तर्साएको छ भने वासिङ्टनका समर्थकलाई सशङ्कित तुल्याएको छ । ती दस्तावेजमा अमेरिकाले आफ्ना मित्र र शत्रु सबैको जासुसी गरेको उल्लेख छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस रुस अनुकूल बनेको, उनका गतिविधि पनि निगरानी गरिएको, उनका सहयोगीबीच भएका व्यक्तिगत संवाददेखि दिएर युक्रेनमा विदेशी फौज सक्रिय रहेका विषय इन्टरनेटबाट चुहिएका थिए ।

अमेरिकी रक्षा मन्त्रालयले जानाजान गोप्य सूचना चुहाइएको बताउँदै अभियुक्तलाई फौजदारी अभियोग लगाइने बताएको छ । संघीय जाँच ब्युरोका अधिकारीहरूले ज्याकमाथि अनुसन्धान थालिएको बताएका छन भने महान्यायाधिवक्ता मेरिक गारल्याण्डले राष्ट्रिय सुरक्षासम्बन्धी गोप्य एवम् संवेदनशील दस्तावेज चुहाएको आरोपमा मुद्दा दायर गरिने बताएका छन् । अधिकारीहरूका अनुसार उनलाई आजै अदालतमा उपस्थित गराइने सम्भावना छ ।

यमनमा सरकार र द्वन्द्वरत पक्षबीच कैदीको आदानप्रदान सुरु

यमनी द्वन्द्वका दुवै पक्षले करिब ९०० बन्दीको रिहाई र कैदी आदानप्रदान शुक्रबारदेखि शुरु गरेको रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसीआरसी) ले जनाएको छ ।

आइसिआरसी यमनले ट्विटरमा भनेको छ, ‘आईसीआरसीले चार्टर गरेको विमानले १२५ जना पूर्व बन्दीहरूलाई लिएर सानाबाट एडेनका लागि गएसँगै कैँदी आदानप्रदानको क्रम शुरू भएको छ । यी दुई विमानमा आईसीआरसीका धेरै कर्मचारी छन् र उनीहरूलाई यमन क्रिसेन्ट र सञ्चारमाध्यमले घरसम्म पुग्न सहयोग गर्नेछन् ।

‘कैँदी आदान प्रदानका लागि आईसीआरसीको भूमिका मानवीय सिद्धान्तको सम्मान गरिएको सुनिश्चित गर्नु हो र बन्दीहरूलाई रिहाई र स्थानान्तरण प्रक्रियामा मानवताका साथ व्यवहार गर्नु हो ।’

सन् २०२३ को मार्च २० मा स्विट्जरल्याण्डको बर्नमा सम्पन्न वार्ताको परिणाम यमनको द्वन्द्वका पक्षहरूले रिहाईको योजनालाई अन्तिम रूप दिएका थिए । आईसीआरसीले यमनका लागि महासचिवको विशेष दूतको कार्यालय (ओएसईएसजीवाई) सँग यी बैठकहरूको सह-अध्यक्षता गरेको थियो ।

‘सद्भावनाको यस कार्यले, द्वन्द्वबाट टुक्रिएका सयौँ परिवारहरू रमजानको पवित्र महिनामा पुनः मिलन भइरहेका छन्, जसले ठूलो पीडाको बीचमा आशाको किरण प्रदान गर्दछ । हाम्रो गहिरो इच्छा रिहाईहरूले व्यापक राजनीतिक समाधानको लागि गति प्रदान गर्दछ, जसले अझ बढी कैदीहरूलाई उनीहरूको प्रियजनहरूसँग फर्काउँछ,’ आईसीआरसीका मध्य पूर्वका लागि क्षेत्रीय निर्देशक फाब्रिजियो कार्बोनीले भने ।

हुथी नियन्त्रित सञ्चारमाध्यम सबाका अनुसार यसअघि कैदीहरूको मामिलासम्बन्धी राष्ट्रिय समितिका प्रमुख अब्दुल कादिर अल मुर्तदाले रमजान सम्झौताको पहिलो चरणमा शुक्रबार एडेन विमानस्थलबाट सानाका लागि कैदीहरूलाई लाने योजना मुताबिक काम भएको पुष्टि गरेका छन् ।

हुथी विद्रोहीले सन् २०१४ मा सानालाई आफ्नो नियन्त्रणमा लिएर अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई अपदस्थ गरेको थियो र अर्को मार्चमा अरब नेतृत्वको सैन्य हस्तक्षेप सुरु गरेको थियो ।

यसको प्रकोपदेखि नै यमनको द्वन्द्वले गम्भीर गृहयुद्धको रूप लिएको थियो । द्वन्द्वका कारण हजारौँ यमनी नागरिकले ज्यान गुमाएका छन् भने लाखौँको सङ्ख्यामा विस्थापित बनेका छन् ।

चीनलाई युक्रेन युद्ध अन्त्यको पहल गर्न जर्मनीको आग्रह

जर्मनीले युक्रेन युद्ध अन्त्यको पहल गर्न चीनसँग आग्रह गरेको छ । चीनको भ्रमणमा रहेकी जर्मनीकी विदेशमन्त्री एनालेना बेरबकले आफ्ना चिनियाँ समकक्षीसँगको भेटमा त्यस्तो आग्रह गरेकी हुन् ।

शुक्रबार चिनियाँ विदेशमन्त्री छन् सङसँगको भेटवार्तामा जर्मनीकी विदेशमन्त्रीले रुसमा चीनभन्दा अरू कुनै देशको प्रभाव नभएकाले युद्ध अन्त्यका निम्ति आफ्नो प्रभाव प्रयोग गर्न चीनलाई आग्रह गरेकी हुन् ।

चीनका विदेशमन्त्रीसँगको भेटवार्तापछि सञ्चारकर्मीहरूलाई सम्बोधन गर्दै जर्मनीकी विदेशमन्त्रीले आफ्ना समकक्षीसँग चीनमा मानवअधिकारको अवस्थाका साथै ताइवान तनावबारे आफूले छलफल गरेको जानकारी दिइन् ।

उनले चीनले युक्रेन युद्ध रोक्न कुनै प्रयास नगरेकामा आफू आश्चर्यचकित भएको पनि बताइन् ।

गत साता चीनको राजकीय भ्रमणमा रहेका फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले पनि युक्रेन युद्ध अन्त्यका निम्ति बेइजिङको प्रमुख भूमिका हुने बताउँदै राष्ट्रपति सीलाई युद्ध रोक्नेतर्फ लाग्न आह्वान गरेका थिए ।

युक्रेन युद्धलाई लिएर चीन तटस्थ रहेको छ । बेइजिङले रुसी आक्रमणको निन्दा गरेको छन् । राष्ट्रपति सीको हालैको मस्को भ्रमणलाई लिएर पश्चिमा शक्ति राष्ट्रले चीनलाई रुसको परम्परागत सहयोगी भन्दै चीन रुसको पक्षमा रहेको आरोप लगाएका छन् ।

चीनले युक्रेन सङ्कटको एक मात्र उपाय शान्ति प्रवद्र्धन तथा वार्ता भएको बताउँदै आएको छ । चिनियाँ विदेश मन्त्रालयले गत महिना शान्तिको अवधारणापत्र सार्वजनिक गर्दै वार्ताको माध्यमबाट युक्रेन सङ्कटको समाधान खोज्नुपर्नेमा जोड दिएको थियो ।

यसैबीच, चीनका रक्षामन्त्री ली साङ्फु आफ्ना रुसी समकक्षी सेर्गेई शोइगुको निमन्त्रणामा चार दिने भ्रमणमा आगामी आइतबार मस्कोतर्फ प्रस्थान गर्ने भएका छन् ।

समृद्ध श्रीलंका निर्माणका लागि नयाँ सुरुवात गर्न राष्ट्रपतिको आह्वान

राष्ट्रपति रनिल विक्रमासिङ्घेले समृद्ध श्रीलंका निर्माणका निम्ति नयाँ सुरुवात गर्न आह्वान गरेका छन् । सिंहला र तमिल नववर्षका अवसरमा आज जारी गरेको सन्देशमा उनले देशलाई वर्तमान चुनौतीबाट पार लगाउन नवीन सुरुवातका निम्ति आह्वान गरेका हुन् ।

‘गत वर्ष हाम्रो दैनिक जीवनमा बाधा पुर्‍याउने अभूतपूर्व आर्थिक संकट झेल्नुपर्‍यो अहिले हामीले अथक कष्टबाट मुक्त भएर नयाँ वर्षको अनुष्ठानमा भाग लिन पाएका छौँ, सन् २०२३ ले श्रीलंकाका लागि सन्तोषजनक वातावरण ल्याएको छ । अहिलेको तुलनामा देशलाई अझ समृद्ध बनाउने प्रयासमा हामी एकताबद्ध भएर अघि बढ्न जरुरी भएको छ,’ सन्देशमा राष्ट्रपति विक्रमासिङ्घेले भनेका छन् ।

राजनीतिक सम्बद्धता, जातीय र धार्मिक विविधता भए पनि राष्ट्रको उज्ज्वल भविष्य निर्माणका निम्ति नयाँ सुरुवात अपरिहार्य भएकामा जोड दिँदै श्रीलंकाली राष्ट्रपतिले एक राष्ट्रको रूपमा एकताबद्ध भएर अगाडि बढेमा समृद्धि प्राप्त गर्ने आकांक्षा हासिल गर्न कठिन नहुने बताएका छन् ।

केन्यामा येशुलाई भेट्ने नाममा भोकभोकै बस्दा चारको मृत्यु, ११ जनाको उद्धार

केन्याको तटीय शहर मालिन्दीमा भूमिगत अवस्थामा रहेका चार जनाको मृत्यु हुनुका साथै अन्य ११ जनाको उद्धार गरिएको प्रहरीले शुक्रबार पुष्टि गरेको छ । उक्त क्षेत्रको एक निजी फार्ममा दर्जनौं मानिस येशुलाई भेट्ने नाममा भोकभोकै बसिरहेको सूचना प्राप्त भएपछि प्रहरी उद्धारका लागि त्यहाँ पुगेको प्रहरीले एक सुरक्षा रिपोर्टमा जनाएको छ ।

रिपोर्टअनुसार यो ‘येशूलाई प्रत्यक्ष भेट्ने’ तरिकाको एक भाग हो भनेर बताइएपछि पीडितहरू भोक सहेरै त्यहाँ बसिरहेका थिए’ । उनीहरूलाई यस किसिमको प्रचार गरी येशूलाई भेट्न विश्वास दिलाउने व्यक्ति गुड न्यूज इन्टरनेसनल चर्चका पास्टर थिए । उनलाई यसअघि पनि यस्तै अपराधमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । बिहीबार घटनास्थलको निरीक्षण गरेका सुरक्षा अधिकारीहरू केही घरधुरीमा पुग्न सफल भएका थिए र १५ जनालाई उद्धार गर्न सफल भएका थिए, जसमध्ये छ जनाको अवस्था गम्भीर थियो ।

उद्धारपछि उनीहरूको उपचार सहयोग गर्न चिकित्सकलाई बोलाइएको थियो, तर यस क्रममा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । चर्चको भित्री सदस्य रहेका ती सूचनादाताले जङ्गलमा अज्ञात स्थानमा ३१ जनाको शव भेटिएको सामूहिक चिहानबारे प्रहरीलाई जानकारी गराएका थिए । 

अधिकारीहरूले तटीय क्षेत्रमा बढ्दो धार्मिक बेथितिको निन्दा गर्दै यस मुद्दालाई सम्बोधन गर्न गम्भीर ध्यान र प्रयासको लागि आह्वान गरेका छन् ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  ८ : ०० बजे

एकता जोगाउन विशेष पक्षका ७ शर्त, टिकटमा देउवाको हस्ताक्षर हुन नहुनेदेखि चुनावमा गठबन्धन नगर्नेसम्म

काठमाडौँ- नेपाली कांग्रेसलाई फुटबाट जोगाउन भन्दै संस्थापन समूह र विशेष

झापाका रास्वपा नेतासँग तीन घण्टा बिताएका बालेनले ओलीको क्षेत्रमा गरिरहेका छन् जनमत सर्भेक्षण

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले झापा क्षेत्र नम्बर

नयाँ नेतृत्वको चयन गर्ने तयारीमा हमास

गाजा – गाजामा युद्धको क्रममा इजरायलले समूहका धेरै शीर्ष नेताहरूको

रुपन्देही–२ बाट चुनाव लड्ने तयारीमा युवा व्यावसायी सुदन ज्ञवाली

काठमाडौं – युवा व्यावसायी तथा राजनैतिक अभियन्ता सुदन ज्ञवालीले आगामी

वार्ताका लागि कांग्रेसले बनायो समिति : विशेष पक्षबाट ४, संस्थापनबाट २ नेता सदस्य

काठमाडौँ – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन