पोखराको महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झण्डा पार्क « Khabarhub

पोखराको महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झण्डा पार्क


१ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखराको मुख्य बजार क्षेत्र रहेको महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झण्डा पार्क निर्माण सुरु भएको छ ।

विश्वका सबै देशको झण्डा एकै ठाउँमा राखेर आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले पोखरा महानगरपालिकाले लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ सँगको सहकार्यमा पार्क निर्माण थालनी गरेको हो । महेन्द्रपुलस्थित सेती नदीको डिलमा महानगरको जग्गामा निर्माण हुने सो पार्कको आज नयाँ वर्षको पहिलो दिन महानगर प्रमुख धनराज आचार्यले शिलान्यास गरे ।

प्यारापिटसहितको झण्डापार्क आगामी डेढ महिनाभित्रमा निर्माण गरिसक्ने योजना रहेको छ । पार्कमा संयुक्त राष्ट्रसङ्घमा आबद्ध एक सय ९५ देशसहित साझेदार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाको झण्डा राखिने महानगर प्रमुख आचार्यले बताए ।

उनले भने , “संयुक्त राष्ट्रसङ्घमा सदस्य रहेका देश सबैको झण्डा र देशको नामसहित उल्लेख गरेर राख्नेछौँ । पार्कको बीच भागमा नेपालको सबैभन्दा ठूलो ४० मिटर अग्लो झण्डा राखिनेछ । विशेष अवसरमा झण्डोत्तोलनका लागि सोही स्थानमा कार्यक्रम गर्नेछौँ ।”

झण्डा पार्क निर्माणका लागि रु ७० लाख लागत अनुमान गरिएको छ । सम्पूर्ण लागत रकम लायन्स क्लबले बेर्होने र यसको सञ्चालन महानगरले गर्नेछ ।

लायन्य क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ का गभर्नर रामबहादुर वसेलले झण्डापार्कले संसारका पर्यटकलाई आकर्षित गर्ने बताए। महत्त्वपूर्ण कार्यमा लायन्स क्लब जोडिन पाउँदा खुसी लागेको उनले बताए । उनले भने, “महेन्द्रपुल पोखराको अति महत्त्वपूर्ण ठाउँ हो, यहाँ सबै क्षेत्रबाट आवातजावत हुन्छ । पोखरामा संसारबाट पर्यटक आउँछन् । यहाँ आएर झण्डा पार्क हेर्दा उनीहरूलाई गौरवबोध हुन्छ । महत्त्वपूर्ण काममा लायन्स सहभागी हुन पाउँदा खुसी छौँ । स्थानीय सरकारसँग सहकार्य गरेर पोखराका लागि काम गर्नेछौँ ।”

पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले पर्यटकीय हिसाबले झण्डा पार्कको महत्त्व हुने बताए । पोखराको लेकसाइड आउने पर्यटकहरू बजार क्षेत्र रहेको महेन्द्रपुलमा आउने र यसले पर्यटकको बसाइ लम्ब्याउन सहयोग पुग्ने उनले बताए । महानगरले केही दिनअघि महेन्द्रपुलमा नै अत्याधुनिक सार्वजनिक शौचालय निर्माणको थालनी गरेको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) र महानगरपालिकाको रु एक करोड लागत साझेदारीमा सार्वजनिक शौचालय बनाउन लागिएको हो ।

महानगरले महेन्द्रपुलमा आफ्नो स्वामित्वमा रहेका दुई पुराना भवन भत्काएर झण्डा पार्क र सार्वजनिक शौचालय निर्माण सुरु गरेको हो ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  ८ : १८ बजे

एकता जोगाउन विशेष पक्षका ७ शर्त, टिकटमा देउवाको हस्ताक्षर हुन नहुनेदेखि चुनावमा गठबन्धन नगर्नेसम्म

काठमाडौँ- नेपाली कांग्रेसलाई फुटबाट जोगाउन भन्दै संस्थापन समूह र विशेष

झापाका रास्वपा नेतासँग तीन घण्टा बिताएका बालेनले ओलीको क्षेत्रमा गरिरहेका छन् जनमत सर्भेक्षण

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले झापा क्षेत्र नम्बर

नयाँ नेतृत्वको चयन गर्ने तयारीमा हमास

गाजा – गाजामा युद्धको क्रममा इजरायलले समूहका धेरै शीर्ष नेताहरूको

रुपन्देही–२ बाट चुनाव लड्ने तयारीमा युवा व्यावसायी सुदन ज्ञवाली

काठमाडौं – युवा व्यावसायी तथा राजनैतिक अभियन्ता सुदन ज्ञवालीले आगामी

वार्ताका लागि कांग्रेसले बनायो समिति : विशेष पक्षबाट ४, संस्थापनबाट २ नेता सदस्य

काठमाडौँ – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन