एजासियोमाथि पीएसजीको फराकिलो जीत, उपाधि नजिक   | Khabarhub Khabarhub

एजासियोमाथि पीएसजीको फराकिलो जीत, उपाधि नजिक  


३१ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


603
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वानमा जीत दर्ता गर्दै उपाधिको सम्भावना थप बलियो बनाएको छ।

एसी एजासियोलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गर्दै पीएसजीले उपाधि जीतको सम्भावना बलियो बनाएको हो। जसमा एक गोल उपहारमा पाएको थियो।

पार्क डेस प्रिन्सेसमा शनिबार राति भएको खेलको २२औँ मिनेटमा पीएसजीका फावियन रुइजले गोल गरे पछि खेलले अग्रता लिन सुरु गरेको थियो। त्यसको १० मिनेट पछि अर्थात् ३३औँ मिनेटमा अचरफ हाकिमीले गोल गर्दै पीएसजीको अग्रतालाई दोब्बर पारे। जसले खेल पहिलो हाफमा २-० को अवस्थामा रहन पुग्यो।

तर, दोस्रो हाफको सुरुवाती अर्थात् ४७औँ मिनेटमा एमबाप्पेले गोल गरेपछि पीएसजीले ३–० को अग्रतासहित फराकिलो अन्तर बनायो। उनै एम्बाप्पेले ५४औँ मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै पीएसजीको अग्रतालाई ४–० मा पुर्‍याइदिए।

एजासियोको विडम्बना नै भनौँ, ७३औँ मिनेटमा मोहम्मद युसोउफले आत्मघाती गोल गरेपछि पीएसजी खेलमा ५–० ले अघि बढ्यो। र, दुवैतर्फबाट थप गोल हुन नसके पछि अन्ततः खेल ५-० मा टुंगियो।

रोचक त के भने खेलको अन्तिमतिर दुवैतर्फका खेलाडी रातो कार्ड खाएर बाहिरिनु परेको थियो। खेलको  ७७औ मिनेटमा पीएसजीका अचरफ हाकिमीले तथा ८०औँ मिनेटमा एजारियोका थोमस मनगानीले रातो कार्ड खाँदै मैदानबाट बाहिरिनु परेको थियो।

यस जितसँगै शीर्षस्थानको पीएसजीले ३५ खेलबाट ८१ अंक जुटाएको छ भने पराजित एजासियो २३ अंक जोडेर १८औँ स्थानमा सीमित छ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ६ : ४२ बजे

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु

युवाशक्तिलाई सीप र उद्यमशीलतासँग जोड्नुपर्छ : मुख्यमन्त्री लामा

बागमती – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले युवाशक्तिलाई सीप

‘गाउँभन्दा शहरको गरिबी भयानक, जहाँ घर जोडिन्छ मन जोडिँदैन’

काठमाडौं– निर्देशक दीपेन्द्र के खनालमाथि एउटा भाष्य बनेको छ– उनीसँग

कम्युनिष्ट पार्टीहरु एक ठाउँमा आउनुपर्छ : महासचिव वैद्य

दाङ – क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्यले कम्युनिस्ट

फणिराज पाठकले भने : पूर्वराजालाई नजरबन्द गरिएको समाचार झुठो हो

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहलाई निर्मल निवासमा नजरबन्द गरिएको समाचार