एजासियोमाथि पीएसजीको फराकिलो जीत, उपाधि नजिक   « Khabarhub

एजासियोमाथि पीएसजीको फराकिलो जीत, उपाधि नजिक  


३१ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


603
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वानमा जीत दर्ता गर्दै उपाधिको सम्भावना थप बलियो बनाएको छ।

एसी एजासियोलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गर्दै पीएसजीले उपाधि जीतको सम्भावना बलियो बनाएको हो। जसमा एक गोल उपहारमा पाएको थियो।

पार्क डेस प्रिन्सेसमा शनिबार राति भएको खेलको २२औँ मिनेटमा पीएसजीका फावियन रुइजले गोल गरे पछि खेलले अग्रता लिन सुरु गरेको थियो। त्यसको १० मिनेट पछि अर्थात् ३३औँ मिनेटमा अचरफ हाकिमीले गोल गर्दै पीएसजीको अग्रतालाई दोब्बर पारे। जसले खेल पहिलो हाफमा २-० को अवस्थामा रहन पुग्यो।

तर, दोस्रो हाफको सुरुवाती अर्थात् ४७औँ मिनेटमा एमबाप्पेले गोल गरेपछि पीएसजीले ३–० को अग्रतासहित फराकिलो अन्तर बनायो। उनै एम्बाप्पेले ५४औँ मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै पीएसजीको अग्रतालाई ४–० मा पुर्‍याइदिए।

एजासियोको विडम्बना नै भनौँ, ७३औँ मिनेटमा मोहम्मद युसोउफले आत्मघाती गोल गरेपछि पीएसजी खेलमा ५–० ले अघि बढ्यो। र, दुवैतर्फबाट थप गोल हुन नसके पछि अन्ततः खेल ५-० मा टुंगियो।

रोचक त के भने खेलको अन्तिमतिर दुवैतर्फका खेलाडी रातो कार्ड खाएर बाहिरिनु परेको थियो। खेलको  ७७औ मिनेटमा पीएसजीका अचरफ हाकिमीले तथा ८०औँ मिनेटमा एजारियोका थोमस मनगानीले रातो कार्ड खाँदै मैदानबाट बाहिरिनु परेको थियो।

यस जितसँगै शीर्षस्थानको पीएसजीले ३५ खेलबाट ८१ अंक जुटाएको छ भने पराजित एजासियो २३ अंक जोडेर १८औँ स्थानमा सीमित छ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ६ : ४२ बजे

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आज साइकललाई ठक्कर दिँदा

गगनको बेवास्ताले दबाबमा देउवा, पार्टी फुटाउनेसम्मको तयारीमा दोस्रो तहका नेता

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनदेवीमा बसेर पार्टीभित्र समानान्तर

वडा पुग्न नसक्ने नागरिकलाई राजधानीमै पुगेर भत्ताकार्ड नवीकरण

दोलखा– स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो । यही