खानपान र जीवनशैली परिवर्तन गरे ठूलो आन्द्राको क्यान्सरबाट बच्न सकिन्छ | Khabarhub Khabarhub

खानपान र जीवनशैली परिवर्तन गरे ठूलो आन्द्राको क्यान्सरबाट बच्न सकिन्छ


३१ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय धेरै मानिसलाई क्यान्सर रोग लागेको छ। क्यान्सर भन्ने बित्तिकै भयावह र त्रासपूर्ण रोग भनेर बुझ्ने गरिन्छ। यसलाई अर्को शब्दमा अर्बुद रोग पनि भन्ने गरिन्छ। मानव शरीरका विभिन्न भागमा लाग्ने क्यान्सर मध्ये ठूलो आन्द्राको क्यान्सर अग्र पन्थीमा पर्ने क्यान्सर हो। ठूलो आन्द्राको क्यान्सर भनेको के हो ? किन हुन्छ ? यसका लक्षणहरू के के हुन् ? यसबाट कसरी जोगिने ? यसै विषयमा आधारित रहेर खबरहबका लागि क्यान्सर रोग विशेषज्ञ अरुण शाहीसँग गरिएको कुराकानीको सम्पादित अंश :

ठूलो आन्द्राको क्यान्सर भनेको के हो ?
हाम्रो शरीरमा भएको ठूलो आन्द्राका कोशिका यदि अनियन्त्रित भएर विभाजित भएर कुनै कारण वश एक ठाउँबाट अर्को ठाउँमा सर्नुलाई ठूलो आन्द्राको क्यान्सर भएको भनिन्छ।

के कारणले हुन्छ यो ?
यसको क्यान्सर यही कारणले भएको भनेर अहिलेसम्म कुनै अध्यायनले बताएको छैन। तर केही जोखिमको कारण हुन्छन्। ठूलो आन्द्राको क्यान्सर ९० देखि ९५ प्रतिशत पेटको क्यान्सर जुन हाम्रो खानपान र जीवनशैलीको कारणले हुन्छ। बाँकी वंशाणुगत कारणले पनि हुन्छ। वंशाणुगत कारण पनि धेरै किसिमका हुन्छन् तर सबैभन्दा कमन (लिंच सिन्ड्रोम) हुन्छ। कुनै मानिसमा त्यो लिंच सिन्ड्रोम छ भने जीवनको कुनै पनि समयमा ठूलो आन्द्राको क्यान्सर हुने सम्भावना ९५ देखि ९९ प्रतिशत हुन्छ।

ठूलो आन्द्राको क्यान्सर भएको कसरी थाहा पाउने ?
ठुलो आन्द्राको क्यान्सर भएको थाहा पाउन थोरै खाए पनि पेट भरिएको जस्तो लाग्ने, पेट दुख्ने, दिसामा रगत आउने, पातलो दिसा जाने, दिसा राम्ररी .नआउने, पेट पोल्ने, कालो दिसा आउने, नचाहँदा नचाहँदै तौल घट्नेलगायत लक्षण देखा पर्छन्। यस्ता लक्षण देखा परेमा एक पटक सबै जनाले ठूलो आन्द्राको क्यान्सर भएको हो कि भनेर जाँच गराउनुपर्छ।

अहिलेसम्म तपाईंको अनुभवमा ठूलो आन्द्राको क्यान्सर सबै भन्दा धेरै कसलाई हुने गरेको छ ?
तथ्यांकको आधारमा महिलाको तुलनामा पुरुषमा धेरै भएको छ। जो मान्छे धेरै मोटो छ, बाहिरका तारेका खाना खान्छ, माछा मासु धेरै खान्छ, लामो समयसम्म बनाएर राखेका अँचारहरू खान्छ भने त्यस्तो मान्छेमा यो ठुलो आन्द्राको क्यान्सर धेरै भएको छ। यो धेरै जसो ५० देखि ५५ वर्ष भन्दा माथिको मान्छेमा ९० देखि ९५ प्रतिशत हुने गरेको छ। कम उमेरको मान्छेलाई पनि पाँच प्रतिशत जति हुन्छ।

ठूलो आन्द्राको क्यान्सर भएको अस्पतालमा गए पश्चात् कसरी पत्ता लगाइन्छ ?
पहिला हामीले बायप्सी गरेर रोग पता लगाउँछौँ र त्यसपछि स्टेज निर्धारण गर्छौँ। त्यसपछि सिट स्क्यान गर्छौँ। यदि यो स्टेज १, २, ३ को छ भने हामीले सुरुमा अप्रेसन गर्न सक्छौँ। शून्य १, २ सम्मको स्टेजको ठूलो आन्द्राको क्यान्सर छ। त्यसलाई अप्रेसन गरेर फाल्दा मात्र पुग्छ। त्यो भन्दा विकसित क्यान्सरलाई हामीले अप्रेसनपछि किमो थेरापी दिनुपर्ने हुन्छ। साथै यो क्यान्सर धेरै तिर फैलिएको छ भने हामीले त्यसलाई किमो थेरापीको साथै अन्य प्यालेटिभ किमो थेरापीहरू दिन्छौँ। यति गर्दा ठूलो आन्द्राको क्यान्सरबाट केही समय बाँच सक्छौँ।

यसको उपचार खर्च कति लाग्छ ?
क्यान्सरको उपचारका लागि हामीले नेपाल सरकारलाई धन्यवाद दिनुपर्छ। नेपाल सरकारले क्यान्सर रोग लाग्ने बित्तिकै बिरामीलाई एक लाख रुपैयाँ दिन्छ। साथै बागमती प्रदेशले ५० हजार रुपैयाँ दिएको छ। लुम्बिनी प्रदेश ले दुई लाख दिन्छ। यदि समयमा नै पहिचान गरेर स्टेज १ र २ मा पहिचान गरेर उपचार गर्दा त्यो पैसाले नै पुग्नसक्छ। बाँकी स्टेज ४ को नै क्यान्सर भयो भने लामो समय उपचार गर्नुपर्ने भएकोले पाँचदेखि १० लाखसम्म खर्च लाग्नसक्छ।

ठूलो आन्द्राको क्यान्सर नहोस् भनेर के के कुरामा ध्यान दिने त ?
धेरै धूम्रपान र मद्यपान नगर्ने, रसायनयुक्त खाना नखाने, धेरै नुनिलो खाना नखाने, धेरै चिल्लो, लामो समय फ्रिजमा राखेका खाना नखाने, पर्याप्त मात्रामा आराम गर्ने। एउटा स्वस्थ मान्छेले दैनिक ६ देखि आठ घण्टा सुत्नु आवश्यक छ। पर्याप्त मात्रामा व्यायाम गर्ने। यसरी हामीले खानपानमा र जीवनशैलीमा परिवर्तन गर्ने हो भने ९० प्रतिशत ठूलो आन्द्राको क्यान्सरबाट बच्न सक्छौँ। समयमा नै पहिचान र उपचार गर्दा यसलाई निमिट्यान्न र निर्मूल पार्न सकिन्छ। कसैको उमेर ५० वर्ष भन्दामाथि छ भने ५ वर्षको फरकमा अस्पतालमा गएर कोलोनोस्कोपी गर्नुपर्छ। कसैको वंशाणुगत रूपमा परिवारका सदस्य कसैमा ठूलो आन्द्राको क्यान्सर भएको थियो भने अस्पताल गएर आफ्नो स्वास्थ्यको जाँच गर्नुपर्छ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ७ : २५ बजे

कालीगण्डकी करिडोर : सेतोखोलामा मोटरेबल पुल निर्माण

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको

नेपाल वायुसेवा निगमद्वारा असोज मसान्तसम्मको जहाजको ऋण भुक्तानी

काठमाडौं – नेपाल वायुसेवा निगमले २०८२ असोज मसान्तसम्मको जहाजको ऋण

दक्षिण कोरियामा हुने शिखर वार्तामा चिनियाँ समकक्षी सीसँग भेट्ने ट्रम्पको भनाइ

वासिङ्टन – दक्षिण कोरियामा हुने एपेक शिखर सम्मेलनका क्रममा चीनका

पोखरा विश्वविद्यालयबाट पहिलोपटक एआइ विषयमा स्तानक कार्यक्रम सञ्चालन

काठमाडौं – पोखरा विश्वविद्यालयले पहिलोपटक आङ्गिक क्याम्पसबाट कृत्रिम बौद्धिकता र

जनकपुरमा गोली चल्यो

धनुषा – जनकुपरमा गोली चलेको छ । जनकपुर उपमहानगरपालिका–७ स्थित