कर्नाटकमा कांग्रेसलाई स्पष्ट बहुमत, मुख्यमन्त्रीले दिए राजीनामा | Khabarhub Khabarhub

कर्नाटकमा कांग्रेसलाई स्पष्ट बहुमत, मुख्यमन्त्रीले दिए राजीनामा


३१ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतमा कर्नाटक राज्यमा भएको विधानसभा चुनावको नतिजा आएको छ। कर्नाटकका मतदाताले कांग्रेसलाई स्पष्ट बहुमत दिएका छन्।

शनिवार राति सम्पन्न अन्तिम परिणामअनुसार कांग्रेसले १ सय ३७ सिटमा विजयी हासिल गरेको छ। सरकार बनाउन आवश्यक १ सय १३ सिट भन्दा बढी स्थानमा विजयी हासिल गरेर कांग्रेस कर्नाटकमा पहिलो भएको छ।

दोस्रो स्थानमा भारतीय जनता पार्टी (बिजेपी) रहेको छ। ६५ सिट मात्र जिते पछि भाजपाले कर्नाटक चुनावमा आफ्नो पराजय स्वीकार गरेको छ। जेडीएसले १९ सिटमा जीत हासिल गर्दा अन्य दलले ३ सिट पाए।

कर्नाटकमा बिगत ३८ वर्षदेखिको निर्वाचनको परम्परा यसपटक कायम रहन पुगेको छ। अर्थात्, कर्नाटकमा मतदाताले सरकार दोहोर्‍याउन दिएका छैनन्।

कर्नाटक निर्वाचनमा भाजपाको पराजयको जिम्मेवारी लिएर बसवराज बोम्मईले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन्। उनले गभर्नरलाई राजीनामा बुझाए। मुख्यमन्त्री बोम्माईले आफ्नो पार्टीले यो हारको कारणको बारेमा समीक्षा गर्ने बताए।

 

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ७ : ४५ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले