दाउन्ने एग्रो फार्म प्रालिलाई कम्पनी बनाइँदै « Khabarhub

दाउन्ने एग्रो फार्म प्रालिलाई कम्पनी बनाइँदै


३१ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

चितवन – पोल्ट्री फार्मलाई लिमिटेड कम्पनी (पब्लिक कम्पनी)मा लगिने भएको छ। दाउन्ने एग्रो फार्म प्रालिलाई सर्वसाधारणलाई सेयर वितरण गरेर लिमिटेड कम्पनी बनाउन लागिएको हो।

देशकै ठूलो यस कम्पनीले शनिबार पूर्वी चितवनको रत्ननगरमा विशेष साधारणसभा गरी पब्लिक कम्पनीमा लैजाने निर्णय गरेको हो। कम्पनीका कार्यकारी निर्देशक विनोद पोखरेलका अनुसार साधारणसभाबाट पब्लिकमा जाने गरी निर्णय गरेर प्रक्रिया अघि बढाइएको छ। कम्पनीको पोल्ट्री फार्म विनयी त्रिवेणी गाउँपालिका वडा नं ३ सर्दी नवलपुरमा रहेको छ।

सो कम्पनी र भगिनी कम्पनी गरी सो क्षेत्रमा ३३ बिघा जमिनमा फार्म रहेको छ। कार्यकारी निर्देशक पोखरेलका अनुसार फार्ममा चार लाख लेयर्स कुखुरा छन्। फार्ममा रु एक अर्ब ५० करोड लगानी भइसकेको छ। फार्म विस्तारका क्रममा रहेकाले रु दुई अर्बभन्दा बढी लगानी पुग्नेछ। कम्पनीमा हाल ४० जना सेयर सदस्य छन्। कुखुराका लागि आवश्यक पर्ने चल्ला हुर्काउने खोर, अण्डा भण्डारण केन्द्र, दाना भण्डारण केन्द्र, कर्मचारी आवासलगायतका संरचना रहेका छन्। सँगै क्रेट उद्योग र मल उद्योग पनि रहेका छन्।

उनका अनुसार त्यहाँ दैनिक एक हजार छ सय पेटी अण्डा उत्पादन हुँदै आइरहेको छ। एकान्त र सुरक्षित ठाउँमा कम्पनी अवस्थित रहेको हुनाले अण्डाको उत्पादन र उत्पादकत्व दुवै उच्च छ। अत्याधुनिक स्वचालित प्रणालीमा अण्डाको ग्रेडिङ गरी उपभोक्तालाई सहुलियत मूल्यमा यस कम्पनीले अण्डा बिक्री गरिरहेको छ।

कम्पनीका उपकार्यकारी निर्देशक विपिन पोखरेलले कम्पनीले भगिनी संस्था किसान दाना उद्योगले बजारीकरण गरिरहेको डिपोहरूमार्फत अण्डा बिक्री गरिरहेको बताए। हालसम्म देशका विभिन्न सहरमा १५ वटा डिपो र अन्य डिलरमार्फत अण्डा बिक्री हुँदै आइरहेको उनको भनाइ छ। उनले भने, “कम लागतमा अण्डा उत्पादन गरेर सस्तो र सर्वसुलभरूपमा उपभोक्तासमक्ष पुर्‍याउने हाम्रो लक्ष्य छ।”

कम्पनीका अध्यक्ष रघुनाथ भट्टले पोल्ट्री फार्म पब्लिकमा जान लागेको नेपालमै पहिलो भएको बताए। आम नागरिकलाई सेयरधनी बनाएर देशका अन्य ठाउँमा समेत अत्याधुनिक फार्म निर्माण गरी कम लागतमा धेरै अण्डा उत्पादन गर्ने र सर्वसुलभरूपमा उपभोक्तासम्म पुर्‍याउने लक्ष्य रहेको उनले जानकारी दिए। विशेष साधारणसभाले निर्णय गरेसँगै पब्लिकमा जाने प्रक्रिया अघि बढेको उनको भनाइ छ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ८ : १७ बजे

महाधिवेशनबाट थप शक्तिशाली बने गगन, टिम पनि सहज

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट सभापति गगन थापा थप शक्तिशाली

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र

रास्वपाको शुभकामना अपिल: चाडपर्वमा उपहार, नगद र जिन्सीको लेनदेन नगर्नू

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल

एनपीएललाई आईसीसीले दियो मान्यता

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल