कांग्रेसका पूर्व सांसद शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी, मोबाइल अफ गरेर फरार | Khabarhub Khabarhub

कांग्रेसका पूर्व सांसद शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी, मोबाइल अफ गरेर फरार


३१ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका पूर्व सांसद आङतावा शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरण ढाकछोपमा संलग्न रहेको आरोपमा आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।

सोही प्रकरणमा पक्राउ परेकाहरुसँग पूर्व गृहमन्त्री बालकृष्ण खाणलगायतको नाम नभन्नका लागि अनुरोध गर्न प्रहरी कार्यालय पुगेका शेर्पामाथि थप अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको हो। उनलाई पक्राउ गर्नका लागि शुक्रवार नै जिल्ला अदालत, काठमाडौँबाट अनुमति लिइएको छ।

तर, शेर्पा सो घटना सार्वजनिक भए पछि मोबाइल अफ गरी फरार भएका छन्। उनको प्रहरीले शुक्रबारदेखि खोजी गरे पनि अझैसम्म फेला पार्न सकेको छैन।

सो प्रकरणमा पक्राउ परेका सानु भण्डारी र केशव दुलाललाई भेटघाट गरी खाणको नाम नलिन उनले अनुरोध गरेको यसअघि सार्वजनिक भएको थियो।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  १२ : ०५ बजे

सिरहामा पाँच वर्षमा खानेपानी आयोजना सम्पन्न

सिरहा– सिरहाको धनगढीमाई नगरपालिका– १३ स्थित डावर र नैनपुरटोलमा खानेपानी

सङ्घ र प्रदेशको अधिकार विवादले वन मुद्दा फर्छ्यौटमा सकस

पर्सा– डिभिजन वन कार्यालय पर्सामा २०७७ साल चैत १० गते

क्लब विश्वकप : अर्जेन्टाइन टोली रिभर प्लेट विजयी

काठमाडौं – फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको मंगलबार राति भएको

नायक मुकुल देवको मृत्युबारे दाइको खुलासा : एक्लोपन र खानपिनले अवस्था जटिल भयो

काठमाडौं – गत महिना भारतीय नायक मुकुल देवको ५४ वर्षको

व्यावसायिक लिची उत्पादनमा किसानको आकर्षण

सुर्खेत– सुर्खेतको भेरीगङ्गा नगरपालिका रामघाटका किसान पछिल्लो समय व्यावसायिक लिची