बालुवाटार बैठक : टिआरसीलाई संसदीय उपसमिति बनाएर अगाडि बढाइने « Khabarhub

बालुवाटार बैठक : टिआरसीलाई संसदीय उपसमिति बनाएर अगाडि बढाइने


३१ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख तीन वटा राजनीतिक दलले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई प्रतिनिधिसभाको विषयगत समिति अन्तर्गत उपसमिति गठन गरेर अगाडि बढाउने निर्णय गरेका छन् । आइतबार प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बसेको नेपाली  कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूको बैठकमा विषयगत समितिको नेतृत्वमा सहमति जुटेको हो ।

यसअघि यो विधेयकलाई संसदीय विशेष समिति गठन गरेर अगाडि बढाउने सहमति भएको थियो । त्यस अनुसार प्रतिनिधिसभाको कार्यसूची तय भएर पनि अगाडि बढ्न सकेको थिएन । प्रतिनिधिसभाले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई दफावार छलफलका लागि कानुन न्याय तथा मानव अधिकार समितिमा पठाएको छ ।

बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड, नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा एमालेका नेता सुवास नेम्वाङलगायतको सहभागिता रहेको थियो । 

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  २ : ११ बजे

बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित

स्याङ्जा – स्याङ्जाको वालिङ–१३ तारुखोलामा धान र मकै बाली छोडेर

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न

नेपालको परराष्ट्र नीति दिग्भ्रमको दिशामा उन्मुख भयो : ज्ञवाली

काठमाडौँ – पूर्वपरराष्ट्रमन्त्री एवम् एमाले उपअध्यक्ष प्रदीप ज्ञवालीले सरकारको कमजोर

जन्मथलो बेनीबाट प्रकाश दुतराजको नयाँ साङ्गीतिक यात्रा

म्याग्दी – गायक प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट सामूहिक लोकसङ्गीत साङ्गीतिक

भोटेकोशी बाढीमा एक हजार ३८४ शव भेटिए, चार हजार बढी अझै बेपत्ता

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी