वैदेशिक रोजगारमा गएकाले दुईवटा फोन ल्याउँदा भन्सार नलाग्ने « Khabarhub

वैदेशिक रोजगारमा गएकाले दुईवटा फोन ल्याउँदा भन्सार नलाग्ने


३१ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वैदेशिक रोजगारीमा गएका कामदारले मात्रै विदेशबाट फर्किदा साथमा दुई वटा फोन ल्याउँदा भन्सार तिर्न नपर्ने भएको छ। 

भन्सार विभागले आइतबार एक सूचना प्रकाशित गर्दै विदेशबाट फर्किदा थप एउटा मोबाइल ल्याउन दिने गरी  वैशाख २६ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयको थप व्याख्या गर्दै नयाँ नियमसम्बन्धी व्यवस्था स्पष्ट पारेको हो।

अब सरकारसँग श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकाहरूले मात्रै  दुईवटा मोबाइल भन्सार छुटमा ल्याउन पाउने भएका हुन् । विदेशबाट फर्किने अन्य नागरिकलाई सो छुट नदिइने भएको छ । तर अध्ययन, भ्रमण वा अन्य प्रयोजनका लागि विदेश गएका नेपालीहरूले भने साथमा एक थान मोबाइल मात्र महसुल नतिरी ल्याउन पाउने छन् ।

यात्रुहरूले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तुसम्बन्धी आदेश, २०७७ मा विदेशबाट फर्कने यात्रुले आफूले प्रयोग गरिरहेको मोबाइल फोन थान एक महसुल नतिरी ल्याउन पाउने व्यवस्था रहेको छ ।

सोही व्यवस्थाअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले जेठ १ गतेदेखि अवैध फोन नियन्त्रण गर्ने प्रणाली एमडीएमएस लागू गर्दैछ । उक्त फोन नेपाल दूरसञ्चार प्राधिकरणका प्रणालीमा व्यक्ति स्वयंले अनलाइन माध्यमबाट दर्ता गर्नुपर्ने भन्सार कार्यालयले जनाएको छ । दर्ताका लागि राहदानी वा नागरिकता र विदेश जाँदा र फर्किँदा देखिने राहादानीको पृष्ठ वा बोर्डिङ पास अपलोड गर्नुपर्नेछ हुन्छ ।

यसअघि गत पुस १५ गतेदेखि प्राधिकरणले  अवैध फोन नियन्त्रण गर्ने प्रविधि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम(एमडिएमएस) लागू गर्ने तयारी गरेको थियो । प्राधिकरणले उक्त सिष्टम लागू गर्ने तयारी गरेकामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा तत्कालका लागि उक्त काम रोकिएको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ३ : २१ बजे

प्रधानमन्त्री बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा एकजना पक्राउ

काठमाडौं– प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेतालाई  गाली गरेका सामग्री युटुबमा

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?  

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल

प्रधानमन्त्री बालेनको भारत भ्रमणको सहमति भइसकेको परराष्ट्रमन्त्रीको भनाइ : मिति तय गर्न बाँकी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको भारत

कूटनीतिबाट सैन्य लक्ष्य पूरा हुँदैन : इरान

टोकियो– अमेरिका–इरान तनावबीच कूटनीतिक वार्ताको औचित्यमाथि प्रश्न उठाउँदै जापानस्थित इरानी

परराष्ट्रमन्त्रीसँग मरिसस र सिङ्गापुरका मन्त्रीहरूको भेट

काठमाडौं– नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मरिससको राजधानी