क्यान्सर हुनुको ८० प्रतिशत कारण धूम्रपान र मद्यपान  | Khabarhub Khabarhub

क्यान्सर हुनुको ८० प्रतिशत कारण धूम्रपान र मद्यपान 


३१ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा क्यान्सर रोगको अवस्था भयावह रहेको चिकित्सकहरूले बताएका छन् । क्यान्सर हुनुको ८० प्रतिशत कारण धूम्रपान र मद्यपान भएको पनि चिकित्सकहरूको भनाई छ ।

आइतबार काठमाडौँमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य कर कोषको सचिवालयको सहकार्यमा आयोजित धूम्रपान तथा सुर्तीजन्य पदार्थको उपभोगबाट उत्पन्न रोगको रोकथाम, नियन्त्रण र उपचार सम्बन्धी विशेषज्ञ चिकित्सकहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै चिकित्सकहरूले धूम्रपान नियन्त्रण गर्न सके क्यान्सर हुने सम्भावना ८० प्रतिशत घटेर जाने बताएका हुन् ।

कार्यक्रममा नेपाल चिकित्सक सङ्घका पूर्व अध्यक्ष एवं क्यान्सर रोग विशेषज्ञ डा. अञ्जनी कुमार झाले क्यान्सरको प्रमुख कारण सुर्ती सेवन र जीवनशैली रहेको बताए । नेपालमा क्यान्सरविरुद्धको भ्याक्सिनको धेरै चर्चा हुने गरे पनि त्यसको परिपूर्ति गर्न अहिले असम्भव रहेको उनको भनाई छ ।

क्यान्सरका क्षेत्रमा काम गर्ने जनशक्तिको मनोबल बढाउन नेपाल सरकारले काम गर्न पर्ने भन्दै उनले थप जनशक्तिको विकास हुन पनि आवश्यक रहेको धारणा राखे ।

त्यस्तै वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. अम्बुज कर्णले नेपालमा क्यान्सर रोगको अवस्था भयावह रहेको बताए । उनले क्यान्सरको बिरामीलाई सरकारले एक लाखसम्मको उपचारमा सहुलियत दिइरहेको जानकारी दिए ।

त्यस्तै भक्तपुर अस्पतालका कार्यकारी निर्देशक तथा क्यान्सर रोग विशेषज्ञ डा. विष्णुदत्त पौडेलले क्यान्सरको प्रमुख कारण सुर्ती सेवन भएको भन्दै सुर्ती सेवनलाई रोक्न सके, नियमित कसरत र जीवनशैलीमा ध्यान पुर्‍याउन सके क्यान्सरको खतरा ९० प्रतिशत कम हुने बताए ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ७ : १५ बजे

एसीसी यु-१६ : समूह चरणको अन्तिम खेलमा भुटानसँग भिड्दै नेपाल

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटमा आज

गाजाको एक क्याफेमा इजरायली मिसाइल आक्रमण : २० जनाको मृत्यु

गाजा – अभियन्ता, पत्रकार र स्थानीयको बाक्लो जमघट हुने गाजाको

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

प्रधानमन्त्री ओली स्पेनका समकक्षीले आयोजना गरेको रात्रिभोजमा सहभागी

स्पेन – प्रधानमन्त्री केपी शर्मा ओली स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री)

रुपन्देही – ३ मा कात्तिक १७ गते उपनिर्वाचन

काठमाडौं – निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र