क्यान्सर हुनुको ८० प्रतिशत कारण धूम्रपान र मद्यपान  « Khabarhub

क्यान्सर हुनुको ८० प्रतिशत कारण धूम्रपान र मद्यपान 


३१ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा क्यान्सर रोगको अवस्था भयावह रहेको चिकित्सकहरूले बताएका छन् । क्यान्सर हुनुको ८० प्रतिशत कारण धूम्रपान र मद्यपान भएको पनि चिकित्सकहरूको भनाई छ ।

आइतबार काठमाडौँमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य कर कोषको सचिवालयको सहकार्यमा आयोजित धूम्रपान तथा सुर्तीजन्य पदार्थको उपभोगबाट उत्पन्न रोगको रोकथाम, नियन्त्रण र उपचार सम्बन्धी विशेषज्ञ चिकित्सकहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै चिकित्सकहरूले धूम्रपान नियन्त्रण गर्न सके क्यान्सर हुने सम्भावना ८० प्रतिशत घटेर जाने बताएका हुन् ।

कार्यक्रममा नेपाल चिकित्सक सङ्घका पूर्व अध्यक्ष एवं क्यान्सर रोग विशेषज्ञ डा. अञ्जनी कुमार झाले क्यान्सरको प्रमुख कारण सुर्ती सेवन र जीवनशैली रहेको बताए । नेपालमा क्यान्सरविरुद्धको भ्याक्सिनको धेरै चर्चा हुने गरे पनि त्यसको परिपूर्ति गर्न अहिले असम्भव रहेको उनको भनाई छ ।

क्यान्सरका क्षेत्रमा काम गर्ने जनशक्तिको मनोबल बढाउन नेपाल सरकारले काम गर्न पर्ने भन्दै उनले थप जनशक्तिको विकास हुन पनि आवश्यक रहेको धारणा राखे ।

त्यस्तै वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. अम्बुज कर्णले नेपालमा क्यान्सर रोगको अवस्था भयावह रहेको बताए । उनले क्यान्सरको बिरामीलाई सरकारले एक लाखसम्मको उपचारमा सहुलियत दिइरहेको जानकारी दिए ।

त्यस्तै भक्तपुर अस्पतालका कार्यकारी निर्देशक तथा क्यान्सर रोग विशेषज्ञ डा. विष्णुदत्त पौडेलले क्यान्सरको प्रमुख कारण सुर्ती सेवन भएको भन्दै सुर्ती सेवनलाई रोक्न सके, नियमित कसरत र जीवनशैलीमा ध्यान पुर्‍याउन सके क्यान्सरको खतरा ९० प्रतिशत कम हुने बताए ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ७ : १५ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई