सहिद स्मारक ए डिभिजन लिगमा जावलाखेल र मनाङ मर्स्याङ्दीको बराबरी « Khabarhub

सहिद स्मारक ए डिभिजन लिगमा जावलाखेल र मनाङ मर्स्याङ्दीको बराबरी


३१ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सहिद स्मारक ए डिभिजन लिगमा जावलाखेल युवा क्लब र मनाङ मर्स्याङ्दी क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । 

ललितपुरस्थित च्यासल मैदानमा आइतबार जावलाखेल र मनाङले २-२ को बराबरी खेल्दै अंक बाडेका हुन् । खेलमा जावलाखेलले ३३ औं मिनेटमा एनकोटो मासोबीको गोलमा अग्रता बनाएको थियो । त्यस्तै ७५ औं मिनेटमा हिसुब थपलियाले जावलाखेलको अग्रतालाई दोब्बर बनाएका थिए भने खेलको  ८० औं मिनेटमा विशन गुरुङले मनाङका लागि पहिलो गोल फर्काएका थिए । खेलको अन्तिम मिनेटमा सुमित श्रेष्ठले गोल गर्दै जावलाखेललाई रोक्न सफल भए । बराबरीसँगै जावलाखेल ३१ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । मनाङ २२ अंक सहित सातौँ स्थानमा छ ।

त्यस्तै आइतबार नै एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटी र फ्रेन्ड्सले बराबरी खेले । दुवै टिमले २-२ खेलको बराबरी खेल्दै अंक बाँडेका हुन् । बराबरीसँगै एनआरटी २२ अंकका साथ तालिकाको आठौँ स्थानमा छ भने फ्रेन्ड्स २० अंकका साथ तालिकाको ११ औं स्थानमा छ । 

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ७ : २३ बजे

राष्ट्रिय सभाका चार विषयगत समितिमा सभापति चयन

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रिय सभाका चार विषयगत समितिमा सभापति

टंकको संरक्षणबाट टाढिएका अशोक फिल्मको सुटिङमा सहभागी

काठमाडौं – गायक तथा संगीतकार टंक बुढाथोकीको संरक्षणबाट टाढिएका बाल

प्राध्यापक झानलाई प्रश्न : चिनियाँ सिने उद्योगले हलिउडसँग प्रतिस्पर्धा गर्न सक्छ ?

काठमाडौं – चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एन्ड टेक्नोलोजीकी प्राध्यापक

चितुवाको आक्रमणबाट दुई घाइते

दाङ– जिल्लाको राप्ती गाउँपालिका–१ भालुवाङको भालुवाङ अस्पताल नजिकै कुलोमा चितुवाको

पार्टी सदस्य भएर अरूलाई भोट हाल्नेलाई कारबाही हुन्छ : युवराज दुलाल

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका नेता युवराज दुलालले हालैको प्रतिनिधिसभा निर्वाचनमा