डडेल्धुरामा पखाला : एक जनाको मृत्यु, एक सय ४८ बिरामी | Khabarhub Khabarhub

डडेल्धुरामा पखाला : एक जनाको मृत्यु, एक सय ४८ बिरामी


३१ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा – डडेलधुराको पशुराम नगरपालिका–८ गुप्तगडा गाउँमा झन्डै एक हप्तादेखि फैलिएको पखालाले एक व्यक्तिको मृत्यु भएको छ । पखालाले सिकिस्त बिरामी भएकी गुप्तगडा गाउँकी १४ वर्षीया सङ्गीता धामीको उपचारका क्रममा मृत्यु भएको जोगबुढा अस्पतालले जनाएको छ ।

उक्त गाउँका थप एक सय ४८ जना पखालाबाट प्रभावित भएका छन् । स्वास्थ्य निर्देशनालय दिपायलले १० महिनादेखि ९० वर्ष उमेरसम्मका बासिन्दा यो रोगले प्रभावित भएको जनाएको छ ।

पशुराम नगरपालिकास्थित जोगबुढा अस्पतालका सूचना अधिकारी प्रकाश घिमिरेले गुप्तगडा गाउँका पखालाबाट पीडित आठ बिरामी उपचारका लागि अस्पताल भर्ना भएको जानकारी दिए ।

उनले भने, “झाडापखाला देखिएपछि यसको रोकथामका लागि पानी शुद्धिकरण गरेर उपभोग गर्ने व्यवस्था गर्न लागिएको छ, प्रभावित अन्य बिरामीको गाउँमै खटिएको स्वास्थ्य टोलीले उपचार गरिरहेको छ ।”

यसबाहेक जनचेतना अभिवृद्धि गर्न स्वास्थ्यकर्मीको टोली प्रभावित गाउँमा परिचालन गरिएको छ । खानेपानीको मुहान प्रदूषित भएका कारण पखालाको समस्या देखिएको जनाइएको छ । खानेपानी प्रदूषित भएकाले पखाला फैलिएको जनाइएको छ । पखाला लागेमा लगातार पखाला लागिरहने, बान्ता आउने, ज्वरो आउने र शरीरमा पानीको मात्र कम भई (जलवियोजन) बिरामीको मृत्यु हुन सक्छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ९ : ३७ बजे

गायिका मिलन नेवारको ‘आँखा सँग’ मा समीक्षा र कमल

काठमाडौँ–  गायिका मिलन नेवार र  गायक आनन्द कार्कीको आँखा सँग

‘हिन्द–प्रशान्त क्षेत्रको स्थायित्वका लागि अमेरिका–भारत साझेदारी अपरिहार्य’

नयाँ दिल्ली- अमेरिकी सेनाका प्रमुख र्‍यान्डी जर्जले हिन्द–प्रशान्त क्षेत्रको स्थायित्वका

सेयर बजारमा १८.४५ अंकको वृद्धि

काठमाडौँ– दुई दिनको करेक्सनपछि मंगलबार सेयर बजारमा फेरि सुधार देखिएको

सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार

बाजुरा– जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका–१ विच्छ्याँ स्वास्थ्य चौकीबाट

देशका विभिन्न स्थानबाट लागूऔषधसहित ६ जना पक्राउ

काठमाडौं– देशका विभिन्न स्थानबाट लागूऔषधसहित ६ जना पक्राउ परेका छन्