मध्य तथा पश्चिम तराइमा अत्याधिक गर्मी हुने « Khabarhub

मध्य तथा पश्चिम तराइमा अत्याधिक गर्मी हुने


३१ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हाल देशमा पश्चिमी  वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको देखिन्छ।

 जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा  रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू साथै मधेश प्रदेशको एक दुई स्थानमा मेघगर्जनचट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र मधेश प्रदेश लगायत बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जनचट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती भने कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जनचट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै मधेश प्रदेश लगायत बाँकी पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जनचट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ । 

देशका मध्य तथा पश्चिम तराईका भू-भागहरूमा अत्याधिक गर्मी हुने सम्भावना यथावत् देखिन्छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै मधेश प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जनचट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। तसर्थ, अत्याधिक गर्मी, मेघगर्जन र चट्याङ्ग तथा वर्षाबाट हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ३१ जेठ २०८०, बुधबार  ६ : १० बजे

नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाणलाई २ वर्ष कैद, २० हजार जरिवाना

काठमाडौं- नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन गरिएको

एशियन भिलेज रिसोर्टका अध्यक्ष पक्राउ, विष्णु पौडेलसँग शंकास्पद कारोबार रहेको जिकिर

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर आरोपमा

वर्षा भन्छिन् : दीपक-दीपाको जस्तो सम्बन्ध सधैँ अटल रहोस्

काठमाडौं– कलाकार दीपाश्री निरौला ब्रेन ट्युमरसँग लडिरहँदा उनका प्रिय सहकर्मी

उत्कृष्ट काम गर्ने उपभोक्ता समिति र कर्मचारी सम्मानित

खोटाङ– नेपाल सरकार, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयअन्तर्गत जलस्रोत तथा

मधेशका पूर्वप्रदेश प्रमुख अहिराज बलात्कार मुद्दामा दोषी, सजाय निर्धारण बिहीबार

काठमाडौं- मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज (राजेश झा) बलात्‍कार