नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा एक सय जनाको मृत्यु « Khabarhub

नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा एक सय जनाको मृत्यु


३१ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा एक सय जनाको मृत्यु भएको छ। विवाह समारोहमा उपरिस्थतर भएर फर्किदै गर्दा डुङ्गा दुर्घटना हुँदा ठूलो क्षति भएको हो।

नाइजर राज्यको एग्बोटी गाउँबाट क्वारा राज्यतर्फ फर्किँदै गरेका यात्रु चढेको डुङ्गा नाइजर नदीमा दुर्घटना भएको अलजजिराको खबरमा उल्लेख गरिएको छ।

दुर्घटनामा ६४ जना एउटै गाउँका मानिसको मृत्यु भएको छ भने अन्य ४० जना अर्को गाउँका हुन्।

दुर्घटनाको विषयमा जानकारी ढिलो हुँदा उद्धारको काम हुन नसकेको स्थानीयलाई उद्धृत गर्दै खबरमा उल्लेख गरिएको छ। सन् २०२१ मा त्यही क्षेत्र आसपासमा भएको डुङ्गा दुर्घटनामा १ सय ६० जनाको मृत्यु भएको थियो।

प्रकाशित मिति : ३१ जेठ २०८०, बुधबार  ६ : १८ बजे

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको