अफगानिस्तानका सात प्रान्तमा भीषण बाढी, ६ जनाको मृत्यु « Khabarhub

अफगानिस्तानका सात प्रान्तमा भीषण बाढी, ६ जनाको मृत्यु


३१ जेष्ठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानका सात प्रान्तमा वर्षा र बाढीका कारण जनधनको क्षति भएको छ । सो बाढीमा परेर अहिलेसम्म छ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन ।

तालिवान नेतृत्वको प्राकृतिक प्रकोप व्यवस्थापन मन्त्रालयका प्रवक्ता शफिउल्लाह रहिमीले अफगानिस्तानका विभिन्न प्रान्तमा आएको बाढीका कारण ६ जनाको मृत्यु भएको तथा दर्जनौँ घाइते भएको बताए । बाढीका कारण ३० घर ध्वस्त भएका छन् भने सयौँ पशुपंक्षी मारिएका छन् ।

अफगानिस्तानका धेरै प्रान्त बाढी र आँधीबाट प्रभावित भएका छन् । जसमा कुनार, नुरिस्तान, बदख्सान, पक्तिया, तखर, घोर र परवान पर्छन्। 

यसअघि सलाङ र बडाखस्तान, तखार, बाघलान, नुरिस्तान, कुनार, लघमान, काबुल, लोगर, मैदान वर्दक, परवान र कपिसा प्रान्तमा १० देखि २५ मिलिमिटर वर्षा भएको अफगानिस्तानको मौसम विभागले जनाएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार  ६ : ४५ बजे

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच