गर्मीमा देखिने घमौरा र यसको उपचार « Khabarhub

गर्मीमा देखिने घमौरा र यसको उपचार


३१ जेष्ठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गर्मी महिना शरीरमा विभिन्न प्रकारका स्वास्थ्य समस्या देखा पर्छन्। गर्मी मौसममा देखिने घमौरालाई धेरैले ठूलो समस्या मान्छन्। घमौरा पसिनाको ग्रन्थीहरूबाट आउने संक्रमण हो।

कहिलेकाहीँ कुनै कारणवश शरीरमा पसिनाका प्वालहरू बन्द भए भने घमौरा देखिने चिकित्सकको भनाइ छ। गर्मीको समयमा घमौरा जुनसुकै उमेर समूहका मानिसमा पनि देखिन्छ। घमौरा धेरैजसो घाँटी, काखी वा कापमा देखिने हुन्छ। यसबाहेक शरीरका जुनसुकै भागमा पनि देखिन सक्छ। घमौरा कसैलाई चिलाउने र कसैलाई नचिलाउने पनि हुन्छ। गर्मीबाट जोगिनु नै घमौरा आउन नदिने पहिलो उपाय हो। त्यसैले धेरै घाममा बस्नु हुँदैन। धेरै मानिसले घमौरा आएको ठाउँमा भ्यासलिन वा विभिन्न क्रिम लगाउने गरेको पाइन्छ। तर त्यसले समस्या थप बढ्न सक्छ।

यी कारणले आउँछ छालामा घमौरा
– गर्मी मौसममा बाक्लो लुगा लगाउँदा छालामा घमौरा आउँछ।
– धेरै घाममा बस्ने मानिसमा घमौरा आउँछ ।
– अधिक मात्रामा पसिना आउने मान्छेमा घमौरा आउँछ।
– धेरै फोहोर खेल्ने र नियमित हातखुट्टा राम्ररी सफा नगर्दासमेत घमौरा देखिन्छ।
– शरीरमा धेरै फोहोर मैला जम्मा हुनु घमौराको कारण हो।
– खुला र स्वच्छ हावा लाग्ने ठाउँ नहुँदा घमौरा देखिन सक्छ ।
– अधिक मात्रामा तातो पदार्थको सेवन गर्दा गर्मी मौसममा घमौरा आउँछ।
-शरीर धेरै कपडाहरूले ढाकिनु आदि कारणले घमौरा निस्कन्छ।

घमौराको घरेलु उपचार
-घमौरा आएको ठाउँमा थोरै माटोको पेस्ट बनाएर लगाउँदा घमौरा चिलाउने पोल्ने समस्या कम हुन्छ।
– गाउँघर तिर पाइने सर्सिउँको तेलमा कपुर हालेर घमौला भएको ठाउँमा लगाए आराम मिल्छ।
-घमौरा धेरै पोल्न थालेमा पाउडर लगाउन सकिन्छ।
-घमौरामा लोसन लगाउनाले चिलाउनेक्रम कम हुन्छ र जलन मेटिन्छ।
-दिनमा तीन पटकसम्म एक एक चम्चा घ्यूकुमारीको जेललाई घमौरामा लगाउनु राम्रो हुन्छ।
-लसुन केलाएर मजाले पिसेर लेप बनाउने र घमौरा आएको भागमा दल्ने गर्नुपर्छ।
– निमको पातलाई पानीमा उमालेर चिसो बनाउने र घमौरा आएको ठाउँमा लगाएर आधा घण्टापछि नुहाउने गर्नुपर्छ।
-गर्मीबाट हुने घमौराजन्य घाउँ, खटिरा बालबालिकालाई कोट्याउन दिनु हुँदैन।
– गर्मीमा नुहाएपछि नरिवलको तेलमा कपुर मिसाएर शरीरको मालिस गर्नाले घमौरा कम हुँदै जान्छन्।
– धेरै बाक्लो कपडा लगाएर बस्नु हुँदैन।
– घमौलाको समस्याबाट टाढै रहन कागतीपानी खाइरहने गर्नुपर्छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार  ७ : ०५ बजे

विश्व पोलियो दिवस : पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास आवश्यक

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय पोलियो उन्मूलन प्रमाणीकरण

क्यानाडाबाट आयात हुने वस्तुमा अमेरिकी भन्सार महसुलको दायरा परिवर्तन

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने केही वस्तुमा

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृ*त्यु

रुकुमपश्चिम – रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–२ स्वारामा ढुङ्गा प्रहारबाट एक

हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका हिमाली र

अमेरिकाको अपिलमा क्युबाको व्यङ्ग्य : ‘टुथपेस्ट बेचेजस्तो गरी सीआईएका लागि भर्ती’

हवाना– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबामा परिवर्तन चाहने नागरिकलाई अवसरको सदुपयोग