गर्मीमा देखिने घमौरा र यसको उपचार « Khabarhub

गर्मीमा देखिने घमौरा र यसको उपचार


३१ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गर्मी महिना शरीरमा विभिन्न प्रकारका स्वास्थ्य समस्या देखा पर्छन्। गर्मी मौसममा देखिने घमौरालाई धेरैले ठूलो समस्या मान्छन्। घमौरा पसिनाको ग्रन्थीहरूबाट आउने संक्रमण हो।

कहिलेकाहीँ कुनै कारणवश शरीरमा पसिनाका प्वालहरू बन्द भए भने घमौरा देखिने चिकित्सकको भनाइ छ। गर्मीको समयमा घमौरा जुनसुकै उमेर समूहका मानिसमा पनि देखिन्छ। घमौरा धेरैजसो घाँटी, काखी वा कापमा देखिने हुन्छ। यसबाहेक शरीरका जुनसुकै भागमा पनि देखिन सक्छ। घमौरा कसैलाई चिलाउने र कसैलाई नचिलाउने पनि हुन्छ। गर्मीबाट जोगिनु नै घमौरा आउन नदिने पहिलो उपाय हो। त्यसैले धेरै घाममा बस्नु हुँदैन। धेरै मानिसले घमौरा आएको ठाउँमा भ्यासलिन वा विभिन्न क्रिम लगाउने गरेको पाइन्छ। तर त्यसले समस्या थप बढ्न सक्छ।

यी कारणले आउँछ छालामा घमौरा
– गर्मी मौसममा बाक्लो लुगा लगाउँदा छालामा घमौरा आउँछ।
– धेरै घाममा बस्ने मानिसमा घमौरा आउँछ ।
– अधिक मात्रामा पसिना आउने मान्छेमा घमौरा आउँछ।
– धेरै फोहोर खेल्ने र नियमित हातखुट्टा राम्ररी सफा नगर्दासमेत घमौरा देखिन्छ।
– शरीरमा धेरै फोहोर मैला जम्मा हुनु घमौराको कारण हो।
– खुला र स्वच्छ हावा लाग्ने ठाउँ नहुँदा घमौरा देखिन सक्छ ।
– अधिक मात्रामा तातो पदार्थको सेवन गर्दा गर्मी मौसममा घमौरा आउँछ।
-शरीर धेरै कपडाहरूले ढाकिनु आदि कारणले घमौरा निस्कन्छ।

घमौराको घरेलु उपचार
-घमौरा आएको ठाउँमा थोरै माटोको पेस्ट बनाएर लगाउँदा घमौरा चिलाउने पोल्ने समस्या कम हुन्छ।
– गाउँघर तिर पाइने सर्सिउँको तेलमा कपुर हालेर घमौला भएको ठाउँमा लगाए आराम मिल्छ।
-घमौरा धेरै पोल्न थालेमा पाउडर लगाउन सकिन्छ।
-घमौरामा लोसन लगाउनाले चिलाउनेक्रम कम हुन्छ र जलन मेटिन्छ।
-दिनमा तीन पटकसम्म एक एक चम्चा घ्यूकुमारीको जेललाई घमौरामा लगाउनु राम्रो हुन्छ।
-लसुन केलाएर मजाले पिसेर लेप बनाउने र घमौरा आएको भागमा दल्ने गर्नुपर्छ।
– निमको पातलाई पानीमा उमालेर चिसो बनाउने र घमौरा आएको ठाउँमा लगाएर आधा घण्टापछि नुहाउने गर्नुपर्छ।
-गर्मीबाट हुने घमौराजन्य घाउँ, खटिरा बालबालिकालाई कोट्याउन दिनु हुँदैन।
– गर्मीमा नुहाएपछि नरिवलको तेलमा कपुर मिसाएर शरीरको मालिस गर्नाले घमौरा कम हुँदै जान्छन्।
– धेरै बाक्लो कपडा लगाएर बस्नु हुँदैन।
– घमौलाको समस्याबाट टाढै रहन कागतीपानी खाइरहने गर्नुपर्छ ।

प्रकाशित मिति : ३१ जेठ २०८०, बुधबार  ७ : ०५ बजे

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार

विश्वकप २०२६ मा आक्रमणकारी फुटबलको दबदबा, गोल औसत ६८ वर्षयताकै उच्च

काठमाडौं – फिफा विश्वकप २०२६ को विभिन्न समुह अन्तर्गत पहिलो

सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैन : अर्थमन्त्री डा वाग्ले

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राज्य सञ्चालन गर्नका लागि