मलेसियामा दुई नेपाली बेपत्ता : किन हराउँछन् कामदार ? « Khabarhub

मलेसियामा दुई नेपाली बेपत्ता : किन हराउँछन् कामदार ?



दोहा – पछिल्लो समय वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका नेपाली कामदार बेपत्ता हुनेक्रम बढेको छ।

क्वालालम्पुरस्थित नेपाली दूतावासले हरेक हप्ता जस्तै मलेसियामा नेपाली कामदार बेपत्ता भएको भन्दै खोजी गर्न त्यहाँ रहेका विभिन्न नेपाली संघ संस्थालाई आग्रह गर्ने गरेको छ।

यो हप्ता मात्रै दूतावासले दुई जना नेपाली कामदार बेपत्ता भएको सूचना आफ्नो आधिकारिक फेसबुक पेजमा राखेको छ।

दूतावासका अनुसार बेपत्ता हुनेमा मुसिकोट नगरपालिका वडा नम्बर ९, दासिकोट, गुल्मी स्थायी निवासी कृष्णबहादुर विकसिनुरजोडा–१, धनुषा स्थायी निवासी मो. कुर्मान सेख छन्। दूतावासले बेपत्ता नेपालीको खोजीकार्यमा सहयोग गर्न सबैलाई आग्रह गरेको छ।

विगत आठ वर्षदेखि मलेसियामा रहेका बिक घरपरिवार तथा साथीभाइसँग सम्पर्कविहीन थिए। दूतावासले साथीमार्फत प्राप्त फोटोलाई फेसबुक पेजमार्फत सार्वजनिक गरेको हो। मानसिक अवस्था ठिक नभएकोले उनलाई देख्ने तथा भेट्नेले नेपाली दूतावासमा जानकारी गराउन भनिएको छ। दूतावासले ०१६-२४७२७७७ नम्बर सम्पर्क गरेर दूतावासलाई जानकारी गराउन अनुरोध गरेको हो।

यस्तै बेपत्ता भएका अर्का कुर्मान सेख पनि २०१७ मा नेपालदेखि मलेसियामा पुगेका हुन्। त्यहाँ पुगेको केही समयपछि नै कम्पनी छोडेर अवैधानिक रुपमा बस्दै आएका थिए। उनले आफू अवैधानिक रुपमा बस्दै आएको जानकारी परिवार तथा साथीभाइलाई गराएका थिए। तर, विगत एक वर्षदेखि उनी पनि परिवारको सम्पर्कमा नरहेकाले खोजी गरिदिन त्यहाँ रहेका विभिन्न संघ संस्थालाई दूतावासले अनुरोध गरेको हो।

मलेसिया पुगेपछि आफ्नो भिसा लागेको कम्पनी छाडेर अन्यत्र जाने, अवैध तरिकाले बस्ने, व्यवहारजन्य समस्यालगायतको कारण नेपाली जेल पर्ने गरेका छन्।

त्यस्ता नेपालीहरू परिवारको सम्पर्कमा आउन नसक्ने भएकाले पनि खोजी गरिदिन कल आउने गरेको दूतावासका द्वितीय सचिव प्रेमबहादुर बुढ थापाले जानकारी दिए।

सचिव बुढा भन्छन्, ‘हामी जुन देशमा छौं त्यो देशको कानुनको पालना गर्नुपर्ने र पालना नगरेको खण्डमा जस्तो सुकै सजाय भोग्न तयार हुनुपर्ने हुन्छ। हामीले देश छोडेपछि जुन देशमा पुग्छौं त्यही देशको कानुन मान्नुपर्छ। त्यो नभए समस्या हुन्छ।’

उनले मलेसियामा रहेका सबै नेपालीलाई कुनै पनि कानुनको उलङ्घन नगर्न अनुरोधसमेत गरेका छन्। कुनै कारणबस त्यस्तो भएको खण्डमा दूतावासले सहयोग गर्ने हुँदा समयमा जानकारी गराउन उनले आग्रह गरेका छन्।

किन हराउँछन् नेपाली कामदार ?

वैदेशिक रोजगारीको क्रममा मलेसिया पुगेर विभिन्न मुद्दामा जेल पर्नु, प्रेम सम्बन्ध, पारिवारिक मनमुटाव, रोजगारीकै क्रममा विदेशमा मृत्यु, दुर्घटनामा पर्नु, घरेलु कामदारको हकमा रोजगारदाताले बन्दी बनाउनु, व्यक्तिगत चाहनालगायत कारणबाट मलेसिया नेपाली कामदार हराउने गरेका छन्।

परिवारको सम्पर्क बाहिर रहेका आप्रवासी नेपाली कामदारको अवस्था पत्ता लगाउन सम्बन्धित मुलुकमा रहेको सरकारी तथा गैरसरकारी संस्थासँग समन्वय हुने गरेको भए पनि प्रभावकारी हुन नसकेको सरोकारवालाको भनाइ छ।

वैदेशिक रोजगारीमा रहेर परिवारको सम्पर्क बाहिर पुगेका आप्रवासी कामदारलाई गन्तव्य मुलुकमा रहेको नेपाली दूतावास, कन्सुलर सेवा विभागमार्फत खोजी हुने गरेको छ।

विदेशी भूमिमा हराइरहेका कामदारका बारेमा पर्याप्त विवरण नहुँदा खोजी कार्यमा चुनौती हुने गरेको छ। यस्तै कतिपय कामदार अवैध ढंगले बसेको हुँदा स्वेच्छाले सम्पर्कमा आउन नचाहँदा पनि खोजीकार्य गर्न अप्ठ्यारो हुने गरेको दूतावासको भनाइ रहेको छ।

वैदेशिक रोजगारीका क्रममा विदेश गएर बेपत्ता भएका यस्ता घटना धेरै छन्। अझ पछिल्लो समयमा युरोप अमेरिकाको सपना देखेर लाखौँ रकम खर्चेर नेपाली युवा बेपत्ता हुनेक्रम अझ बढेको छ। यस्ता घटना बढ्दै गएपनि सम्बन्धित निकायले प्रभावकारी पहल र चासो नदिँदा परिवारजनमा पीडा बढ्दै गएको छ।

प्रकाशित मिति : ३१ जेठ २०८०, बुधबार  ८ : ५४ बजे

ओलीको टिप्पणी : सरकार फासीवादको बाटोमा जाँदैछ, देश निसास्सिएर ऐठनको अवस्थामा छ

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार

पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

काठमाडौं– साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

चितवन– जिल्लाका विभिन्न अस्पतालमा आएका बिरामीमध्ये ८९३ जनामा स्क्रब टाइफस

दरबार हत्याकाण्डबारे ओलीको दाबी : ‘दीपेन्द्रले बाबुआमाको हत्या गरेका थिएनन्’

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०५८

साउन लागेसँगै इन्द्रचोकको पोते बजारमा चहलपहल (तस्बिरहरू)

काठमाडौं– साउन लागेसँगै काठमाडौंको इन्द्रचोकमा रहेको पोते बजारमा चहलपहल बढ्न